• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        मङ्गलबार, माघ १४, २०८२
मङ्गलबार, माघ १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने

अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

गरिमा विकास बैंक र चार्टर्ड एकाउण्टेण्ट्स संघबीच आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

  • ६. सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं

  • ७. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ८. एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

  • ९. नेप्से आज घट्यो कि बढ्यो ?

  • १०. २०८२ साल माघ १३ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

सर्वोच्चको निर्णय पश्चात रिसाए नारायणकाजी, सरकार गठन बारे गरे यस्तो खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै स्थायी कमिटीको औपचारिक बैठक बसेर समसामयिक राजनीति बारे निर्णय लिने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता श्रेष्ठले एक–दुई दिनभित्रमा स्थायी कमिटीको औपचारिक बैठक बसेर वर्तमान राजनीतिक घटनाक्रमको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने बताए ।

बिहीबारको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्नुका साथै विभिन्न राजनीतिक दलहरूसँग भएका वार्ताको ब्रिफिङ गर्ने काम भएको उनले बताए । बैठकमा पार्टीको सांगठनिक प्रक्रियाको विषयमा पनि प्रारम्भिक छलफल भएको बताए ।

नेता श्रेष्ठले प्राविधिक रूपमा पत्र लेखेर समर्थन फिर्ता गर्न बाँकी रहे पनि वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताए । आफूहरूले समर्थन फिर्ता नलिएका कारण नेपाली कांग्रेस र जसपाले सरकार बारे निर्णय गर्न नसकेको कुरा सत्य नभएको पनि श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले औपचारिक रूपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्नेकुरा सत्य होइन । नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्‍यो यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेस गर्ने ? त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ ।’

नेता श्रेष्ठले माओवादी केन्द्रले वर्तमान संसद्लाई पूरा अवधि क्रियाशील गराउन चाहेका कारण सरकारलाई औपचारिक रूपमा समर्थन फिर्ता गर्नुअगाडि पार्टीले सम्पूर्ण राजनीतिक पार्टीहरूसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आकलन गर्ने काम गरिरहेको पनि बताए ।

  • kp oli
  • madhav kumar nepal
  • narayan kaji shrestha
  • nepali news
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

लोकप्रिय

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

ताजा

२०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

हालैका पोस्टहरू

  • २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
  • नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
  • डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.