Jankari Kendra
१० कार्तिक २०८३, सोमबार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, १४
आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स