अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र लेखनमार्फत विशिष्ट पहिचान बनाएका अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले आफ्नो आधुनिक जीवनशैलीका लागि ‘आयन भी’ रोजेका छन्।
अभिनय, निर्देशन र लेखन, तीनै विधामा सन्तुलित र प्रभावशाली यात्रा तय गरेका थापाको करियर जस्तै आयन भीले पनि आफ्नो अत्याधुनिक प्रविधि, आरामदायी सुविधा र आकर्षक डिजाइनमार्फत ईभी बजारमा अलग पहिचान बनाएको बताइएको छ।

चलचित्र छायांकनस्थलतर्फको यात्रा होस्, सिर्जनात्मक बैठकमा सहभागी हुनुपरेको होस् वा शहरबाट केही समय टाढा शान्त यात्राको चाहना, आयन भीले थापाको व्यस्त र गतिशील जीवनशैलीलाई पूर्ण रूपमा साथ दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, ८-पोइन्ट मसाज सिटदेखि इनबिल्ट रेफ्रिजिरेटर र वार्मरसम्मका सुविधाले हरेक यात्रालाई आरामदायी र विशेष बनाउँछ।
६५० किलोमिटरको प्रभावशाली रेन्ज र ७५.२६ किलोवाट-आवर क्षमताको शक्तिशाली ब्याट्रीले आयन भीलाई अझ भरपर्दो बनाएको छ, जसले काम वा व्यक्तिगत यात्रामा रेन्जको कुनै चिन्ता नराखी निरन्तर र सहज अनुभव प्रदान गर्छ।

अर्पण थापाजस्तै ‘एक्स्ट्राअर्डिनेरी’ अनुभव खोज्ने जो कोहीका लागि आयन भी उत्कृष्ट छनोट रहेको बताइएको छ। विलासिता, नवीनता र दिगोपनको संयोजनसहित तयार गरिएको आयन भी, सामान्यतामा सन्तुष्ट नहुनेहरूका लागि निर्माण गरिएको एक विशेष ईभी भएको कम्पनीको दाबी छ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

