ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी) मा लाग्ने भन्सार शुल्कको व्यवस्था परिवर्तन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब ईभीको भन्सार शुल्क सवारीको मूल्यका आधारमा निर्धारण गरिने घोषणा गरेका छन्।
यसअघि विद्युतीय सवारीमा मोटरको ‘पिक पावर’ का आधारमा भन्सार शुल्क लाग्ने व्यवस्था थियो। तर उक्त प्रणालीमा राजस्व छली हुने सम्भावना रहेको भन्दै विभिन्न निकायले प्रश्न उठाउँदै आएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले पनि ईभी आयातमा राजस्व छली भएको उल्लेख गरेको थियो।
नेपालसँग मोटरको वास्तविक पिक पावर परीक्षण गर्ने पर्याप्त प्रविधि तथा संयन्त्र नभएको अवस्थामा मूल्यका आधारमा शुल्क निर्धारण गर्ने व्यवस्था लागू गरिएको सरकारको भनाइ छ।
यसैबीच, सरकारले ईभी आयातमा स्वास्थ्य पूर्वाधार लगानी शुल्कसमेत थप गरेको छ। यो शुल्क भन्सार विन्दुमै असुल गरिने बजेटमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

