एनएमबि बैंकले सुरु गर्यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज, सुरक्षित तथा तत्काल रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पर्सन–टु–पर्सन (पीटुपी) रेमिट्यान्स सेवा’ सञ्चालनमा ल्याएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको उक्त सेवामार्फत ग्राहकहरूले नेपालबाट भारत तथा भारतबाट नेपालमा छिटो, सुरक्षित र झन्झटरहित रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार नयाँ सेवाले परम्परागत सीमापार रेमिट्यान्स प्रक्रियामा हुने ढिलाइ तथा जटिलतालाई हटाउँदै डिजिटल माध्यमबाट तत्काल रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउनेछ। भारतबाट पठाइएको रकम एनएमबि बैंकमा रहेको लाभग्राहीको खातामा तुरुन्तै जम्मा हुने व्यवस्था गरिएको छ।
सेवाअन्तर्गत ग्राहकहरूले मोबाइल बैंकिङ एप तथा बैंकको आधिकारिक वेबसाइटमार्फत सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सक्नेछन्। साथै, बैंकका शाखा कार्यालयमार्फत पनि यो सेवा सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ ग्राहकलाई बैंक खाता नम्बर साझा गर्नुपर्ने झन्झटबाट मुक्त गराउन बैंकले भर्चुअल पेमेन्ट एड्रेस (Virtual Payment Address) को सुविधा समेत उपलब्ध गराएको छ। यसमार्फत ग्राहकहरूले सुरक्षित र सहज रूपमा सीमापार रकम कारोबार गर्न सक्नेछन्।
एनएमबि बैंकका अनुसार यो सेवा नेपाल र भारतबीचको डिजिटल वित्तीय पहुँच विस्तार गर्ने तथा ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। बैंकले सेवाको सुरक्षा सुनिश्चित गर्न अत्याधुनिक प्रविधि तथा निगरानी प्रणाली प्रयोग गरिएको जनाएको छ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले नवीन डिजिटल सेवामार्फत ग्राहकको सुविधा अभिवृद्धि गर्दै वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

