• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ असार २०८३, सोमबार
०१ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • ६ घण्टा 

अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
  • ६ घण्टा 

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १३ घण्टा 

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने
  • १७ घण्टा 

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
  • १ दिन 

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
  • १ दिन 

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • २. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ३. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • ४. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ५. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ६. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • ८. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ९. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

जानकारी केन्द्र २०८३, असार, २

काठमाडौं। तराई-मधेशमा गर्मीको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित आधारभूत विद्यालय मेवाका सयौं विद्यार्थी भने पंखाविहीन कक्षाकोठामा अध्ययन गर्न बाध्य छन्। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून भएको कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको छ।

अत्यधिक गर्मीका बीच कक्षाकोठामा बस्न कठिन भए पनि विद्यार्थीहरू दैनिक रूपमा त्यही वातावरणमा पढ्न विवश छन्। विद्यालयमा बालशिक्षा देखि कक्षा ८ सम्म अध्ययनरत ५४२ विद्यार्थी छन्। तर, विद्यालयका १२ वटै कक्षाकोठामा पंखाको व्यवस्था छैन। चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङसमेत नगरिएकाले पंखा जडान गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ।

स्थानीय समाजसेवी वीरेन्द्र यादवका अनुसार गर्मीका कारण विद्यार्थी मात्र होइन, शिक्षक तथा कर्मचारीसमेत असहज वातावरणमा काम गर्न बाध्य छन्। चर्को तापक्रमका कारण कक्षाकोठाभित्र लामो समय बस्न समस्या हुने गरेको उनले बताएका छन्। विद्यालयका प्रधानाध्यापक रामजनम महतोका अनुसार भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले अहिले समस्या उत्पन्न भएको हो। उनले विद्यालयमा सरुवा भएर आएपछि वायरिङका लागि लागत अनुमान गराउँदा करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको बताएका छन्।

“विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन। बजेट अभावका कारण वायरिङको काम अगाडि बढाउन सकेका छैनौं,” प्रधानाध्यापक महतोले भनेका छन्।
विद्यालयमा गर्मी र पूर्वाधार अभाव मात्र समस्या होइन, शिक्षकको चरम कमी पनि उत्तिकै गम्भीर देखिएको छ। ५४२ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राथमिक तहका चार शिक्षक, एक निम्न माध्यमिक तहका अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन्।

यस आधारमा एक शिक्षकले औसतमा ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ। सरकारी मापदण्डअनुसार मधेश प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था भए पनि विद्यालयमा आवश्यक दरबन्दीको ठूलो अभाव रहेको देखिन्छ। शिक्षक कम हुँदा नियमित पठनपाठन, गृहकार्यको मूल्यांकन, विद्यार्थीको व्यक्तिगत सिकाइ अवस्थाको अनुगमन तथा कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग गर्न कठिन भइरहेको प्रधानाध्यापक महतोको भनाइ छ। कक्षाकोठा व्यवस्थापनदेखि विषयगत शिक्षणसम्ममा प्रत्यक्ष असर परेको उनी बताउँछन्।

प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, निजी स्रोतका शिक्षक व्यवस्थापन, भवनमा वायरिङ तथा अन्य पूर्वाधार सुधारका लागि पटक-पटक नगरपालिकालाई आग्रह गरिएको भए पनि हालसम्म कुनै प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। “विद्यालयको वास्तविक आवश्यकता र समस्याबारे नगरपालिकालाई बारम्बार जानकारी गराएका छौं। तर समाधानका लागि ठोस कदम चालिएको देखिएको छैन,” उनले गुनासो गरेका छन्।

गर्मीको चर्को मौसममा विद्यार्थीको स्वास्थ्य, सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको अवस्थामा विद्यालयका अभिभावक तथा स्थानीयवासीले तत्काल आवश्यक बजेट व्यवस्थापन गरी वायरिङ, पंखा जडान र शिक्षक थप गर्न नगरपालिका सँग माग गरेका छन्। यस विषयमा प्रतिक्रिया लिन फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनसँग सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ताजा

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.