• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
  • ६ घण्टा 

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
  • ६ घण्टा 

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
  • ६ घण्टा 

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • ८ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

जानकारी केन्द्र २०८३, असार, ५

काठमाडौं । नेपालमा जिली र बिएडब्लु विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को उत्साहलाई लक्षित गर्दै ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ। गैरीधारास्थित जिली शोरुममा शुक्रबारदेखि सुरु भएको यो प्रवर्द्धनात्मक अभियान असार ९ गते (जुन २३) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। अभियानअन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै पेनाल्टी सुटआउटमा सहभागी भई नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार जिली ईएक्स–५ खरिद गर्ने ग्राहकले पेनाल्टी सुटआउटमा गरेको प्रत्येक सफल गोलबापत एक लाख रुपैयाँ तत्काल नगद छुट प्राप्त गर्नेछन्। त्यसैगरी, बिएडब्लु ई–सेभेन प्रो खरिद गर्ने ग्राहकले प्रत्येक गोलबापत २५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सवारी खरिद प्रक्रियालाई थप सहभागितामूलक, मनोरञ्जनात्मक र स्मरणीय बनाउने उद्देश्यले शोरुम परिसरमा विशेष फुटबल मैदान तयार गरिएको छ। खेलमा जिली तथा बिएडब्लुका बिक्री प्रतिनिधिमध्ये एक जनाले गोलरक्षकको भूमिका निर्वाह गर्नेछन् भने ग्राहकले गरेका सफल गोलको सङ्ख्याअनुसार छुट निर्धारण हुनेछ।

नगद छुटका अतिरिक्त अभियान अवधिभर सवारी खरिद गर्ने ग्राहकले एक वर्षको अटो प्लस बीमा, एक वर्षको वार्षिक सवारी कर तथा निःशुल्क २–इन– १ एडाप्टेबल चार्जर प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै, भेहिकल–टु–लोड (भी–टु–एल) कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर तथा सहज पार्किङ सुविधाको पनि व्यवस्था गरिएको छ। यसका साथै, सुपर एक्सचेन्ज क्याम्पअन्तर्गत ग्राहकले आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्याङ्कन सेवा तथा अन्य विशेष अफरहरूको समेत लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले फुटबलले सिर्जना गर्ने उत्साह, प्रतिस्पर्धा र उपलब्धिको भावनालाई सवारी खरिद अनुभवसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार यस अभियानले ग्राहकलाई मनोरञ्जनसँगै आफ्नै क्षमता परीक्षण गर्ने र उल्लेखनीय बचत गर्ने अवसर प्रदान गर्नेछ। उनले जिली ईएक्स–५ वा बिएडब्लु ई–सेभेन प्रोमध्ये जुनसुकै सवारी रोजे पनि प्रत्येक सफल गोलले ग्राहकका लागि थप बचत सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार जिली ईएक्स–५ उन्नत प्रविधि, प्रिमियम आराम, बुद्धिमान सुरक्षा प्रणाली तथा उत्कृष्ट ड्राइभिङ रेन्जका कारण नेपालको विद्युतीय एसयूभी बजारमा लोकप्रिय बन्दै गएको छ। त्यसैगरी, नेपाली बजारमा छिट्टै सार्वजनिक हुने बिएडब्लु ई–सेभेन प्रो व्यवहारिक, किफायती तथा वातावरणमैत्री विद्युतीय सवारीका रूपमा ग्राहकको रोजाइ बन्ने अपेक्षा गरिएको छ। एलआरआर मोटर्सले सम्पूर्ण ग्राहक, फुटबलप्रेमी तथा विद्युतीय सवारी खरिदमा रुचि राख्ने व्यक्तिलाई गैरीधारास्थित जिली शोरुममा उपस्थित भई टेस्ट ड्राइभ, पेनाल्टी सुटआउट तथा सुपर एक्सचेन्ज क्याम्पको लाभ लिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

ताजा

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.