रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी तथा चालकहरूलाई विशेष सूचना जारी गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी सूचनाअनुसार रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते भरतपुरमा हुँदैछ।
महाधिवेशनको उद्घाटन असार ७ गते हुने तथा सोही दिन र्याली, झाँकी, जुलुसलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने भएकाले भरतपुरका बजार क्षेत्रहरूमा अत्यधिक भीडभाड हुने अपेक्षा गरिएको छ।
यसलाई ध्यानमा राख्दै महासंघले असार ७ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मालवाहक सवारी साधनहरूलाई बजार क्षेत्रमा प्रवेश नगर्न र वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
महासंघले आफ्ना सबै सदस्य संस्थाहरूलाई उक्त जानकारी व्यवसायी तथा सवारी चालकहरूमाझ पुर्याई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

