काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। कार्यक्रम बुधबारदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।
नेपालमा अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा अत्याधुनिक प्रविधियुक्त सवारीसाधनहरू अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा जीएसी आयन, रिडारा तथा दायुनका लोकप्रिय विद्युतीय मोडलहरू प्रदर्शनीमा राखिनेछन्।
व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष नगद छुट, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध गराइने सीजी मोटर्सले जनाएको छ।
विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी तथा वातावरणमैत्री यातायाततर्फ आकर्षित व्यक्तिहरूका लागि यो कार्निभल विशेष अवसर हुने अपेक्षा गरिएको बताइएको छ। ग्राहकहरूले विभिन्न ईभी ब्रान्डहरूको विशेषता, प्रविधि तथा सुविधाबारे प्रत्यक्ष जानकारी लिनुका साथै टेस्ट ड्राइभको अनुभव समेत प्राप्त गर्न सक्नेछन्।
सीजी मोटर्सका अनुसार, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको ‘महा मेला एक्सचेन्ज कार्निभल’ को उत्साहजनक प्रतिक्रियापछि पोखरामा पनि कार्यक्रम आयोजना गरिएको हो। यो कार्निभल केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री तथा वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्ने अभियानको हिस्सा रहेको बताइएको छ। एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, आकर्षक खरिद सुविधा तथा एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई विद्युतीय सवारीसाधनतर्फ आकर्षित गर्ने लक्ष्य कार्यक्रमले राखेको जनाइएको छ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


