काठमाडौं । विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ को प्रभावका कारण यस वर्ष नेपालमा तापक्रममा उच्च वृद्धि हुने र लामो समयसम्म तातो हावा चल्ने जल तथा मौसम विज्ञानको प्रक्षेपण छ। यस चरम मौसमी परिस्थितिलाई मध्यनजर गर्दै नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले उच्च तापक्रममा पनि उत्कृष्ट शीतलन प्रदान गर्नसक्ने उच्च कार्यक्षमताका एयर कुलरहरूको विस्तृत सिरिज बजारमा उपलब्ध गराइरहेको बताएको छ।
निरन्तरको उच्च गर्मी र सम्भावित भोल्टेज उतारचढावको प्राविधिक चुनौतीलाई समाधान गर्न सिजीका एयर कुलरहरू विशेष रूपमा डिजाइन गरिएका भने खुल्ला/अर्ध-खुल्ला ठाउँहरूमा इन्स्ट्यान्ट कुलिङका लागि यी कुलरहरू एक भरपर्दो र प्रभावकारी प्राविधिक समाधान भएको जनाइएको छ ।
सीजीले ग्राहकहरुको फरक फरक आवश्यकता,उपलब्ध स्पेस तथा हावाको प्रवाहमाथि प्राविधिक मागलाई ध्यानमा राख्दै एयर कुलरहरुको विस्तृत रेन्ज बजारमा उपलब्ध गराउँनुका साथै यस अन्तर्गत उच्च पानी भण्डारण क्षमता र शक्तिशालि मोटरयुक्त डेजर्टकुलर ठुला तथा खुला स्थानमा लामो दूरीसम्म बलियो हावाको प्रवाह दिन उपयुक्त रहेको बताएको छ ।
कम ठाउँ ओगट्ने एयरडाइनोमिक डिजाइनका टावर कुलरले कोठाभरि समान रुपमा हावा वितरण गर्छन भने पर्सनल कुलर साना कोठा वा व्यक्तिगत कार्यक्षेत्रका लागि ऊर्जा दक्ष र कम्प्याक्ट कुलिंग समाधानका रुपमा उपयुक्त रहेको जनाइएको छ । त्यस्तैगरी कम्पनीका अनुसार विन्डो कुलर बाहिरको ताजा हावा भित्र ल्याइदैँ क्रस भेन्टिलेसनलाई अधिकतम बनाउने गरी झ्यालमा जडान गर्न मिल्ने डिजाइनमा उपलब्ध रहेको छ।
सिजी एयर कुलरका प्राविधिक विशेषताहरू
१. एड्भान्स हनीकम्ब कुलिङ प्याड : यसमा पानी सोस्ने र लामो समयसम्म टिकाइराख्ने उच्च क्षमता हुन्छ,जसले तातो हावालाई छिटो र प्रभावकारी रूपमा चिसो हावामा परिणत गर्छ।
२.आइस च्याम्बर प्रविधि : तत्काल तापक्रम घटाउन र अतिरिक्त चिसोपन प्रदान गर्न विशेष आइस च्याम्बरको व्यवस्था गरिएको छ।
३.उच्च ऊर्जा दक्षता र इन्भर्टर कम्प्याटिबिलिटी : यसले एसीको तुलनामा निकै कम विद्युत् खपत गर्छ। साथै, यसको मोटर कम भोल्टेज र पावर कट भएको अवस्थामा इन्भर्टरमा पनि निर्बाध रूपले सञ्चालन हुन सक्ने गरी डिजाइन गरिएको छ।
४.अटोमेटिक लुभर्स : हावालाई कोठाको चारै दिशामा अटोमेटिक रूपमा प्रवाह गराउने प्रणाली।
“एक्सपेरियन्स लाइफ विथ सिजी” को मूल नारालाई आत्मसात गर्दै, सिजी ब्रान्डले एल निनोको यो चुनौतीपूर्ण मौसममा पनि ग्राहकहरूलाई उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमतासहितको भरपर्दो उपकरण उपलब्ध गराइराख्ने प्रतिबद्धता जनाएको छ।


