साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
काठमाडौं । महिलाको सुरक्षित सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यले सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
यो कार्यक्रम सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चालन गर्न लागिएको हो। यसअन्तर्गत सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बस सञ्चालनका लागि साझा यातायातले आवश्यक राय तथा सहमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि पहिलो चरणको सेवा साउन १ गतेदेखि सुरु गरिनेछ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा तथा थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिने जनाइएको छ। त्यसैगरी चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन हुनेछन्। तीमध्ये दुई वटा बस क्लकवाइज (घडीको दिशामा) र दुई वटा एण्टिक्लकवाइज (घडीको विपरीत दिशामा) सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
सरकारका अनुसार ‘ब्लु बस’ सेवाले विशेषगरी महिला यात्रुको सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायातमा पहुँच बढाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
