सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित परिवारहरुलाई आवश्यक राहत सामग्री वितरण गरेको बताएको छ ।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालिकोट जिल्लाका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका ५७ विपद् प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीस्वरूप स्ट्याण्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरुलाई अत्यावश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरुको दैनिक जीवनयापनमा केही राहत पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न भएको छ । दुर्गम क्षेत्रका विपन्न तथा विपद् प्रभावित परिवारसम्म राहत सामग्री पुर्याउने कार्यमा स्थानीय निकाय तथा सम्बन्धित संस्थाको समेत समन्वय रहेको थियो ।
राहत सामग्री वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो भने उनले वितरण कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारहरुलाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थान तथा समुदायमुखी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै समाजप्रति आफ्नो दायित्वलाई निरन्तर निर्वाह गर्दै आएको बताएको छ । आगामी दिनहरुमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
