महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ
महोत्तरी । अवैध लागूऔषध गाँजा करिब ४८ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-६ भकुण्डे बस्ने २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनी बस्ने २४ वर्षीय साधुराम थिङ रहेका छन् ।
एकडारा गाउँपालिका-१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रकबाट ४० किलो ३ सय ६० ग्राम गाँजासहित चालक विपस र ट्रकमा सवार साधुराम पक्राउ परेका थिए ।
थप अनुसन्धानको क्रममा उनीहरूले ट्रकमा रहेको थप गाँजा महोत्तरी गाउँपालिका-४ रानी रतवडामा झारेको भन्ने खुल्न आए पश्चात जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी खटिएको थियो ।
प्रहरीले महोत्तरी गाउँपालिका-४ रानी रतवडा बस्ने ४२ वर्षीया लिलमदेवीको घर तलासी गर्दा लुकाई छिपाई राखेको ३५ वटा प्लाष्टिकको पोकामा रहेको थप ४ सय ४६ किलो ७ सय ४५ ग्राम गाँजा फेला पारी आइतबार बिहान बरामद गरेको हो ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
