• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
  • ६ घण्टा 

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • १८ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • २० घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • २१ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • २१ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • २२ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • २३ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • ६. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ७. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ९. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • १०. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

जानकारी केन्द्र २०८३, असार, २५

काठमाडौं । आजको संसारमा मोबाइल फोन, ल्यापटप र कम्प्युटर बिनाको दिनको कल्पना गर्न पनि गाह्रो छ। कार्यालयको काम होस्, अनलाइन अध्ययन वा सामाजिक सञ्जालको प्रयोग धेरैजसो मानिसहरू घण्टौँसम्म स्क्रिनमा एकोहोरो हेरिरहन्छन्।

यसले मुख्यतया आँखामा असर पार्छ, लामो समयसम्म स्क्रिन हेर्दा आँखा पोल्ने, सुख्खा हुने, धमिलो देखिने, टाउको दुख्ने र आँखा थाक्नेजस्ता समस्याहरू देखा पर्न सक्छन्। आँखालाई राहत दिनका लागि विज्ञहरूले ‘२०-२०-२०’  नियम पालना गर्न सुझाव दिएका छन ।

यो ‘२०-२०-२०’  को नियम एकदमै सरल छ। यसको अर्थ हो—स्क्रिनमा २० मिनेटसम्म हेरिसके पछि तपाईले २० सेकेन्डको विश्राम लिनुपर्छ र करिब २० फिट टाढा रहेको कुनै वस्तुलाई हेर्नु पर्छ। यसका लागि दूरी ठ्याक्कै नाप्नु पर्दैन, तपाईंले झ्याल बाहिर देखिएको कुनै रूख, भवन वा अन्य कुनै टाढाको वस्तुमा ध्यान केन्द्रित गरेर आफ्ना आँखालाई आराम दिन सक्नुहुन्छ।

यसले आँखाका मांसपेशीहरूलाई एउटै दूरीमा निरन्तर केन्द्रित भइ रहनुपर्ने अवस्थाबाट राहत दिन्छ। धेरै मानिसहरू आफ्नो काममा यति धेरै तल्लीन हुन्छन् कि उनीहरूले बीचमा विश्राम लिन बिर्सन्छन्। यस्तो अवस्थामा, मोबाइल वा कम्प्युटरमा २० मिनेटको ‘रिमाइन्डर सेट’ गर्न सकिन्छ। आजभोलि यस्ता धेरै एपहरू पनि उपलब्ध छन्, जसले तपाईंलाई निश्चित अन्तरालमा स्क्रिनबाट नजर हटाउन वा अन्त कतै हेर्न सम्झाउँछन्।

स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्ने वेबसाइट हेल्थलाइनका अनुसार स्क्रिनमा एकोहोरो हेर्दा हामी सामान्यभन्दा निकै कम पटक आँखा झिम्क्याउँ छौं। सामान्यतया मानिसले प्रतिमिनेट करिब १५ पटक आँखा झिम्क्याउँछ तर स्क्रिनमा काम गर्दा यो दर निकै कम हुन सक्छ। यसले गर्दा आँखा सुख्खा हुने, पोल्ने र थकित महसुस हुने समस्या देखा पर्छन्। यस अवस्थालाई ‘डिजिटल आई स्ट्रेन’ वा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ पनि भनिन्छ।

केही अध्ययनहरूले  ‘२०-२०-२०’  नियमको पालना गर्दा आँखा सुख्खा हुने समस्या र स्क्रिनको प्रयोगसँग सम्बन्धित असजिलोपन कम गर्न मद्दत पुग्ने देखाएका छन्। यद्यपि, यसले आँखाको पावर बढ्ने क्रमलाई पूर्ण रूपमा रोक्छ भनी दाबी गर्नु गलत हुनेछ। विशेषज्ञहरूका अनुसार लामो समयसम्म स्क्रिनको प्रयोग गर्दा हुने आँखाको थकान कम गर्न र राहत प्रदान गर्न यो नियम सहयोगी हुन सक्छ।

यदि तपाई दिनमा धेरै घण्टा स्क्रिनमा काम गर्नुहुन्छ भने केही थप बुँदाहरू दिमागमा राख्नुहोस्। कम्प्युटर स्क्रिनलाई आफ्नो आँखाबाट एक हातको दूरीमा राख्नुहोस्, स्क्रिनको माथिल्लो भाग आँखाको स्तरभन्दा अलि तल राख्नु होस्। अत्यधिक उज्यालो वा मधुरो प्रकाशमा काम नगर्नुहोस् र परिवेशको प्रकाशसँग मिल्ने गरी स्क्रिनको चमक समायोजन गर्नुहोस्। बारम्बार झिम्काउनुहोस् र आवश्यक भएमा, डाक्टरको सल्लाहमा लुब्रिकेटिङ आई ड्रपहरू प्रयोग गर्नुहोस्।

  • jankari
  • tips
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

ताजा

मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

२०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.