युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
काठमाडौं । युनाईटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन डा. जमाल अश्रफ, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेका थिए । अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गरेकी थिन् ।
शिविरबाट १४३ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका कम्पनीले जनाएको छ । सेवाग्राहीमध्ये ७ वर्षदेखि ८५ वर्षसम्मका बालबालिका र ज्येष्ठ नागरिक रहेका थिए । अधिकांश सेवाग्राही धुनीबेँसी नगरपालिका–९ का स्थानीय बासिन्दा थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता बढी रहेको जनाइएको छ । स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । शिविरमा सहभागीलाई फलफूलको जुस र बिस्कुटसमेत वितरण गरिएको थियो । कार्यक्रमको समन्वय युनाइटेड सिमेन्टका प्रशासन प्रमुख धनपति सापकोटाले गरेका थिए भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा ढाड, कम्मर तथा घुँडासम्बन्धी समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । स्थानीयवासीले नियमित स्वास्थ्य परीक्षण गराउने बानी कम रहेको पनि चिकित्सकहरूको निष्कर्ष छ । शिविरमा सहभागी स्थानीयले यस्ता स्वास्थ्य सेवा कार्यक्रम समय–समयमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रमको समापनमा स्थानीय बासिन्दाले समुदायको स्वास्थ्यप्रति चासो देखाउँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा युनाइटेड सिमेन्टप्रति आभार व्यक्त गरेका थिए । कम्पनीका महाप्रबन्धक उप्रेतीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालयका प्रतिनिधि तथा अन्य सहयोगीप्रति धन्यवाद व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
