एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले नेपाली युवाको भविष्य बदल्ने अभियानलाई गति दिएको छ। एलजी र चौधरी ग्रुप (सीजी) को सहकार्यमा सञ्चालित कार्यक्रममार्फत हालसम्म करिब ४०० युवाले प्राविधिक तालिम प्राप्त गरेका छन्, जसमध्ये करिब ३० प्रतिशतले रोजगारीको अवसर पाइसकेको आयोजकले जनाएको छ।
एयर कन्डिसनर, रेफ्रिजरेटर तथा विद्युतीय उपकरणको जडान र मर्मतसम्बन्धी व्यावहारिक तालिमले युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारतर्फ आकर्षित गरिरहेको बताइएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्थाले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्तासँगै सीप विकासलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा अघि बढाइएको बताए।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले ठूलो ब्रान्डसँग ठूलो सामाजिक जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै प्राविधिक सीप नै भविष्यको रोजगारीको आधार भएको धारणा राखे। उनले चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरशिप’ मार्फत तीन वर्षमा १,२०० युवा स्नातक भएको, १,१०० भन्दा बढी रोजगारी सिर्जना भएको र ४६ नयाँ व्यवसाय स्थापना भएको जानकारी दिए।

कार्यक्रममा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले शैक्षिक संस्था, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यले युवालाई सीपयुक्त र आत्मनिर्भर बनाउने अभियानलाई प्रभावकारी बनाएको बताए।

वक्ताहरूले सीप विकासलाई केवल तालिममा सीमित नराखी आत्मविश्वास, निरन्तर सिकाइ र उद्यमशीलताको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। आयोजकका अनुसार ‘एलजी सीप शिक्षा’ कार्यक्रमको लक्ष्य सक्षम, आत्मनिर्भर र रोजगारमुखी जनशक्ति उत्पादन गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउनु हो।
सम्बन्धित समाचार
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
सिद्धार्थ बैंकको नाफा ४.५४५ बढ्यो, एक वर्षमा कमायो ३ अर्ब ५१ करोड
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल

