३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँको तुलनामा ३३.५० प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। यससँगै कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) उल्लेख्य रूपमा घटेकाले नाफा वृद्धि हुन थप टेवा पुगेको बैंकले जनाएको छ। अघिल्लो वर्ष ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष भने २ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ मात्रै व्यवस्था गरेको छ।
यस अवधिमा बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकले प्रति सेयर १९ रुपैयाँ १० पैसासम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ।बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर समेत समावेश छ। त्यस्तै, जगेडा कोष ३९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसैगरी, बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा तथा प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।
सम्बन्धित समाचार
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर

