०६ फागुन २०८२, बुधबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

यी हुुन् ३९ लाख सरकारी पैसा जुवामा हारेर बेपत्ता गाविससचिव

गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा । डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन् । सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए ।

उनले दसैँअघि नै बैंक खाताबाट भत्ता लिएका थिए । त्यसपछि सम्पर्कमा नरहेको जिल्ला विकास समिति डोटीले जनाएको छ । गाविससचिव सिंहले तिहारअघि सामाजिक सुरक्षा वितरणका लागि डोटीको पोखरी गाविसको २४ लाख ९४ हजार चार सय र जिजौडामाडौंको १४ लाख ६ हजार गरी ३९ लाख रुपैयाँ बुझेका थिए । तिहारको लक्ष्मीपूजाका दिन जुवामा अधिकांश रकम हारेपछि उनी बेपत्ता भएको स्थानीय विकास अधिकारी कृष्ण गौतमले बताए । प्रत्येक महिनाको ४ गते जिविसमा गाविससचिवहरूको बैठक बस्ने गर्छ । उनी पछिल्ला दुवै बैठकमा अनुपस्थित भएको एलडिओ कृष्ण गौतमले बताए ।

जिविसले गाविसको खातामा दसैँअघि नै हालिदिएको सामाजिक सुरक्षा भत्ता सचिव सिंहले बाँडेका थिएनन् । तर, स्थानीयले समयमा नै गुनासो नगरेकाले अनियमितताको छानबिन ढिलाइ भएको गौतमले बताए । सिंह भने दसैँदेखि नै जिविसको सम्पर्कमा नरहेको गौतमको भनाइ छ । ‘प्रत्येक महिना हुने बैठकमा लगातार दुईपटक अनुपस्थित भएपछि खोजी ग¥यौँ,’ एलडिओ गौतमले भने, ‘उनी सुरुमा सम्पर्कमा थिए, पछि बेपत्ता भए ।’ तर पछिल्लो समय जिविसको सामाजिक सुरक्षा शाखा प्रमुख राम विष्टसँग सम्पर्कमा आएका सिंहले केही दिनमै रकम लिएर आउने बताएको गौतमको भनाइ छ ।

सिलगढीमा चेक साटेर गाउँ होइन, धनगढीतिर लागेका थिए सचिव सचिव ईश्वरबहादुर सिंह धनगढी जुगेडीका स्थानीय हुन् । सामाजिक सुरक्षाको भत्ता बैंकबाट झिकेर उनी दसैँअघि नै घर गएका थिए । उनका छिमेकीका अनुसार घरनजिकै उनले जुवा खेलेका थिए ।

भत्ताको अधिकांश रकम जुवामा हारेपछि उनी जिविसको सम्पर्कमा छैनन् । सचिव खोज्न प्रयासरत छौँ : एलडिओ कृष्ण गौतम स्थानीय विकास अधिकारी कृष्ण गौतमले सचिव ईश्वरबहादुर सिंह सम्पर्कमा नआएपछि खोजी गर्न जिल्ला प्रशासनमा पत्र पठाएको बताए । अब जिल्ला प्रशासनले नै कारबाही गर्ने उनको भनाइ छ । गौतमले सामाजिक सुरक्षा भत्ताबाहेक गाविसको बैंक खाताबाट कति रकम झिके भन्नबारे पनि छानबिन भइरहेको उनको भनाइ छ ।

‘दसैँमै बाँडिनुपर्ने भत्ता बाँडिएन, कार्यालय पनि नआएपछि खोजी गर्दा पटक–पटक आउँदै छु भनेर ढाँटे, पछि सम्पर्कमै आएनन्,’ गौतमले भने, ‘राष्ट्रिय वाणिज्य बैंकसँग स्टेटमेन्ट मागेका छौँ, कति झिकियो भन्ने बैंक स्टेटमेन्ट आएपछि थाहा हुन्छ ।’

थप २९ लाख पनि हिनामिनाको आरोप

गत साउनदेखि जिम्मेवारी सम्हालेका सिंहले दुवै गाविसको बैंक खाताबाट थप २९ लाखसमेत झिकेको स्रोतको दाबी छ । पोेखरी गाविसको सडक निर्माण, मोटरसाइकल खरिद र ल्यापटप खरिदको रुपैयाँ झिकिएको हो । तर, सो रकम सदुपयोग गरे वा नगरेको विषयमा अध्ययन भइरहेको जिविस स्रोतको भनाइ छ । दसैँ र तिहारको बीचमा सामाजिक सुरक्षा भत्ता पाइसक्नुपर्ने भए पनि हालसम्म नपाउँदा समस्या भएको लक्षित वर्गको गुनासो छ ।

सचिवका बारेमा जानकारी दिन जिविस पुगेका कांग्रेस पोखरी गाविस सभापति देवबहादुर सावदले भने, ‘न्यून आय भएका कतिपय व्यक्तिहरू सामाजिक सुरक्षा भत्ताको रकमले दसैँ मनाउने पर्खाइमा थिए । सचिवले भत्ता दिएनन्, उनीहरूको दसैँ र तिहार नै खल्लो भयो ।’ खरिदारका रूपमा कार्यरत सचिव सिंहले भर्खरै नायब सुब्बामा नाम निकालेका छन् । उनले नियुक्तिपत्र भने बुझेका छैनन् ।आजको नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा
आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाउँदै
कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
  • गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी
  • फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.