चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
काठमाडौँ । उच्च पदस्थ सरकारी अधिकारीले आफैँ गाडी चलाए चालकको तलब बराबरको रकमसमेत पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका,२०८३’ को मस्यौदामा मुख्यसचिव,सचिव र सहसचिवले चालक राख्ने वा आफैँ चलाउनेमध्ये विकल्प रोज्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तैगरी कर्मचारीलाई निजी सवारी साधन खरिद गर्न अधिकतम ६० लाख रुपैँयासम्म साहुलियतपूर्ण ऋण दिने योजना पनि मस्यौदामा समेटिएको छ । ऋणको ब्याज सरकारले बेहोर्ने र कर्मचारीले साँवा बढीमा २० वर्षभित्र तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
सरकारी गाडीको खर्च घटाउन जीपीएस र मोबाइल एपमार्फत सवारी साधनको निगरानी गर्ने तथा विद्युतीय गाडी खरिद लाई प्राथमिकता दिने योजना पनि अघि सारेको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएपछि मात्र लागू हुने यस निर्देशिकाले सरकारी व्यवस्थापनमा नयाँ प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
