• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ६ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ७ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • ९ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १० घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १२ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १२ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • ४. नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि

  • ५. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • ६. २०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ८. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

यस्तो छ अलैंचि खेति गर्ने तरिका

admin २०७३, मंसिर, २०

नेपालले निर्यात गर्ने वस्तु मध्ये अलैचि पनि एक हो । अलैचिको माग विश्व बजारमा दिन प्रतिदिन बढ्दै छ । त्यसैले अलैचि खेति गरी आयस्रोत राम्रो बनाउन सकिन्छ ।

अलैंची प्रजाति

ठूलो अलैंचीका केही उत्पादित प्रजातिहरू छन्।
यसबाहेक अनेक उप-प्रजाति वा जातहरू रहेका छन्, जसको नाम
स्थानीय लेप्चा, भोटिया र
नेपाली भाषामा राखिएको छ। ती प्रजातिहरू हुन्

साउने

यो धेरै अनुकूल प्रजाति हो, जो समुद्रसतहदेखि मध्यम तथा १३५० मिटर र
त्यसभन्दा माथिको उँचाइमा अति उत्तम हुन्छ। यसको बोट बलियो हुन्छ,
पातको काण्ड खैरो रातो रंगदेखि हरियो-खैरो रंगको,
बोटको टुप्पोमा केही सानो हुँदै गएको, १.५ देखि २.० मिटर अग्लो,
हष्टपुष्ट, पातहरू गोलाकार र चौडादार अनि भुइँडाँठको रंग रम्से
प्रजातिको जस्तै हुन्छ। यसको दाना ठूलो र पोटिलो अनि दानाभित्र ३५-५०
मसिनो बीज हुन्छ र वाष्पशील
तेलको मात्रा १.८-२.५ प्रतिशत हुन्छ। मार्चदेखि शुरु भएर मईसम्म फूल
फुल्छ अनि सेप्टेम्बर-अक्टोबर महिनामा यसको फसल उठाइन्छ। अत्यधिक
उच्च क्षेत्रमा यो नोभेम्बरसम्म पुग्नसक्छ। सिक्किम र
दार्जीलिङको निम्न, मध्य र अधिक उच्च
क्षेत्रमा यो प्रजाति धेरै मेल खाएको छ। यो प्रजाति छिर्के, फुर्के, पातमा लाग्ने
दाग (लिफ स्पोट) र फूलडाँठ-कुहाउने (स्पाइक-रट) रोगहरू लाग्नसक्ने
हुन्छ। यो राम्रो परिवेशमा धेरै उत्पादन हुन्छ।

रम्से

यो प्रजाति समुद्रसतहदेखि १५१५ मिटर उँचाइमा धेरै अनुकूल हुन्छ एवं
भिरालो जमिनमा पनि यसको खेती गर्न सकिन्छ।
भुइँडाँठको खैरो रातो रंग र सानो पातबाट यो प्रजाति चिनिन्छ। यसको बोट १.५
देखि २.० मिटर अग्लो, बलियो र धेरै संख्यामा आँख्लाहरू हुन्छन्। मई
महिनामा फूल फुल्न शुरु हुन्छ अनि अक्टोबर-नोभेम्बर महिनामा फसल
उठाउनलायक हुन्छ। यसको दाना छोटो आकारको हुन्छ अनि दानाभित्र २५-४०
मसिना बीज हुन्छन्। यो छिर्के र फुर्के जस्ता सरुवा रोग
लाग्नसक्ने हुन्छ।

बेबो

यसको बोटको गानो अनौठो विशेषताको हुन्छ अनि माटोबाट यसले खाद्य पदार्थ
चुस्छ। यसको गानो माटोको माथिसम्म आउँछ अनि जरा माटोमुनि निकै गरिरोसम्म
पुग्छ, जसले गर्दा यसले खडेरी वा सुक्खा खप्न सक्छ।
कलिलो टुसा बाक्लो पातको दापले ढाकिएको हुन्छ, जसले बोटलाई फुर्के
सरुवा रोगलाई सहने शक्ति प्रदान गर्छ। यसको दाना मध्यम-
पोटिलो आकारको हुन्छ। यसको बीजमा २ प्रतिशत
वाष्पशील तेल हुन्छ।

जङ्गु गोल्से

यो समुद्रसतहदेखि १५०० मिटर मुनिको क्षेत्रमा अनुकूल हुन्छ र उत्तर
सिक्किमको जङ्गु क्षेत्रको लागि खास अनुकूल रहेको छ। बोट १.० देखि १.५
मिटर अग्लो हुन्छ अनि अन्य प्रजातिहरू जस्तो हष्टपुष्ट वा बलियो हुँदैन।
रम्से र साउनेभन्दा भिन्न यसको आँख्ला हरियो रंगको हुन्छ र पात सानो र
ठाडो हुन्छ। दाना ठूलो र पोटिलो हुन्छ, जसमा ५०-७०
मसिनो बीज रहेको हुन्छ। मार्च महिनादेखि फूल फुल्न शुरु
हुन्छ र सेप्टेम्बर-अक्टोबर महिनामा फसल उठाइन्छ। यसले छिर्के रोग
सहन सक्छ, तर यसमा फुर्के र पातमा सुम्लो हुने रोग लाग्नसक्ने हुन्छ।

भारलाङ्गे

यो प्रजाति मध्य र अधिक उँचाइ क्षेत्रमा उत्पादन हुने पाइएको छ। अधिक
उँचाइ क्षेत्रमा यसको उत्पादन असाधारण रूपमै उच्च हुन्छ। बोट १.५-२.५
मिटर अग्लो, हष्टपुष्ट प्रकारको र रम्से जस्तै सानो पात र त्यसको किनार
घुँगुरिएको हुन्छ। यस प्रजातिमा फूलडाँठ र उत्पादक डाँठको अनुपात निकै धेरै
हुन्छ। दानाको आकार मोटो-पोटिलो हुन्छ, जसभित्र ५०-७०
पोटिलो बीज रहेको हुन्छ। मध्यम उँचाइमा मई महिना र अधिक
उँचाइमा जून-जुलाई महिनामा फूल फुल्न शुरु हुन्छ। फलस्वरूप: अधिक
उँचाइमा धेरै ढिलो नोभेम्बरको अन्तसम्ममा फसल उठाइन्छ।
बीजमा वाष्पशील तेल २.५ प्रतिशत हुन्छ।
यसले प्रति हेक्टर ५०० केजी प्रशोधित दानाको उत्पादन
दिन्छ।

गोल्से

यसको बोट धेरै बलियो हुँदैन अनि ठाडो पातसहितको काण्ड हुन्छ,
यसमा तेर्सो ठाडो पात हुन्छ। यसले स्वयं छहारी दिने हुनाले
यसलाई कम सिँयाल चाहिन्छ। यो प्रजाति अधिकांश निम्न तथा मध्य
उँचाइमा उब्जाउ गरिन्छ। बोट सानो र
कम्ती संख्यामा आँख्ला वा डाँठहरू हुन्छन्। यसैले
नजिकको दूरी अनुकूल हुन्छ। यसको जातअनुसार
पातसहितको काण्ड हरियोदेखि लिएर खैरो रातो हुन्छ। पातहरू गाढा हरिया,
बाक्लो र बीचमा स्पष्ट मध्यकरङ्सहित चिल्ला हुन्छन्।
दाना मोटो-पोटिलो, गोलो, रातो-खैरोदेखि लिएर गाढा-कलेजी रंगको हुन्छ
र हल्का गोलो हुन्छ। औसत रूपमा एउटा दानामा ४०-५० बीज
हुन्छ। बीजमा वाष्पशील तेलको मात्रा २-३
प्रतिशत हुन्छ। यो धेरै उत्पादन नभए तापनि एकनासेपनको कारणले यसलाई
जानिन्छ अनि यो छिर्के रोगबाट सुरक्षित हुन्छ, तर फुर्के रोगबाट सुरक्षित
हुँदैन। यद्यपि यो प्रजाति ढुसीजातीय लिफ-स्पोट
(पातमा लाग्ने दाग) रोग लाग्नसक्ने हुन्छ।

राम्ला

यो अग्लो र रम्से जस्तै बलियो हुन्छ। यसको दाना कलेजी,
एकसमान र मध्यम-मोटो आकारको र प्रत्येक दानाभित्र २५-३०
बीज हुन्छ। बीजमा २.२-३ प्रतिशत
वाष्पशील तेल हुन्छ। यसको बोटले छिर्के रोगलाई
ठिक्कको सहन गर्न सक्छ, तर फुर्के रोग लाग्नसक्ने हुन्छ।

सेरेमना

यो प्रजाति पश्चिम सिक्किम, हि-गाउँको निम्न उँचाइको सानो क्षेत्रमा उत्पादन
गरिन्छ र अधिक उत्पादन क्षमताको निम्त यो प्रजाति चिनिन्छ। बोट १.५
देखि २.० मिटर अग्लो, आँख्ला वा डाँठ हरियो र पातहरू अधिकांश झर्ने
हुन्छन्। यसैले यसको नाम ‘सेरेमना’ राखिएको हो। औसत रूपमा प्रत्येक
उत्पादक फूलडाँठमा १० दाना फल हुन्छ भने प्रत्येक दानाभित्र ६५-७०
बीज रेकर्ड गरिएको छ।

उन्नत छनौट

स्पाइसेस बोर्डको मातहतमा रहेको भारतीय
अलैंची अनुसन्धान संस्थानको क्षेत्रीय
केन्द्रले सिक्किम र दार्जीलिङ
जिल्लाको ठूलो अलैंचीबारीमा खोजमूलक
सर्वेक्षणद्वारा केही अत्यधिक उत्पादनशील
छनौट चिन्हित गरेको छ। यी प्रजातिहरू विभिन्न
ठाउँमा विकासको क्रममा छन्। तीमध्ये निम्नलिखित प्रमुख छन्:
छनौट प्रजाति उँचाइमा मेल खाने

* एसबीएलसी ५ साउने मध्यमदेखि उच्च
एसबीएलसी ४७ भारलाङ्गे उच्च
एसबीएलसी ४२ गोल्से निम्न
एसबीएलसी ४४ जङ्गु गोल्से निम्न
एसबीएलसी ५० सेरेमना साउने मध्यमदेखि उच्च
एसबीएलसी ५१ हरियो गोल्से निम्न

निम्न: समुद्रसतहदेखि ९७५ मिटरभन्दा कम उँचाइ; मध्यम:
समुद्रसतहदेखि ९७५-१५१५ मिटर उँचाइ;
उच्च: समुद्रसतहदेखि १५१५ मिटरभन्दा माथिको उँचाइ

स्रोत- See more at: http://www.ymmnepal.org/news/detail.php?post=news&id=27#sthash.lb4wKpM1.dpuf

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.