Jankari Kendra
१३ कार्तिक २०८३, बिहीबार

एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १३
एनएमबी बैँकका  ग्राहकले  अब  विदेशमा  सहजै  रकम पठाउन सक्ने,भिसासँग  नयाँ सम्झौता

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा सँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको  जनाइएको छ। भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको बताइएको छ।

बैकका अनुसार,यस सम्झौता पश्चात एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ भने यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झट विना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने छन। एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गदै आइरहेको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स