Jankari Kendra
१४ कार्तिक २०८३, शुक्रबार

टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १४
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो

काठमाडौं। टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ भने यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाइएको छ।

नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २०,३६,१९१ वटा भिडियो हटाएको बताइएको छ। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हो। टिकटकका अनुसार,प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ प्रतिशत रहनुका साथै गाइडलाइन्स उल्लङ्घन गरेका ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका छन्। थप समीक्षा गरेपछि ३३,५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन् भने टिकटकले विश्वव्यापी रूपमा १८८,२९८,१४१ वटा भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत रहेको  छ। तीमध्ये १८३,३४४,७०७ वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएका हुन्।

विश्वव्यापी रूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै  कन्टेन्ट पहिचान गरी हटाउने दर ९९.५ प्रतिशत रहेको छ भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका छन् भने समीक्षा गरेपछि कुल ६,२६२ ,३८३ वटा भिडियो पुनःस्थापना गरिएका बताइएको छ।

टिकटकले प्रयोगकर्ता एकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको बताएको छ। यस अवधिमा १४६,८०७,४०० वटा फेक एकाउन्ट हटाइएको छ भने यसका अतिरिक्त, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्का गरिएका २६,८४०,७६७ वटा एकाउन्ट पनि हटाइएका जनाइएको छ। कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७८,३८४,४६३ वटा कमेन्टसमेत हटाइएको टिकटकको दाबी छ।

टिकटकले लाइभ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको जनाइएको छ। प्रकाशित सामग्रीमध्ये २.४ प्रतिशत लाइभ कन्टेन्ट निलम्बन गरिनुका साथै नियम उल्लङ्घनको कारबाहीस्वरूप टिकटकले ७६,७२१,०९३ वटा लाइभ सेसन र २६,७८१,१३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको बताइएको छ। समीक्षा गरेपछि २,३९८,८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन्।

यी नतिजाले ठूलो परिमाणमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन सिस्टमको भूमिका बढ्दै गएको देखाउँछन्। क्रिएटर र कम्युनिटीका लागि सुरक्षित तथा सकारात्मक वातावरण कायम राख्न टिकटकले यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

टिकटकले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै आएको जनाएको छ। यसले कम्पनीको पारदर्शिताप्रतिको प्रतिबद्धता झल्काउँछ।

Top Changing Nepal

युट्युब सट्स