यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
बुटवल। यामाहाको नयाँ स्कुटरले बुटवलकी सरस्वती खनाल रायमाझीका लागि नयाँ राइडको खुसी मात्र नभई १० लाख ३ हजार रुपैयाँको नगद पुरस्कारसमेत थपिदिएको जनाइएको छ। यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उनले ग्रान्ड प्राइज जितेकी छिन ।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रा. लि.बाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड खरिद गरेकी थिइन। सोही खरिदमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन। कम्पनीका अनुसार यस जितले यामाहाले ग्राहकलाई केवल राइडिङको अनुभवमा मात्र सीमित नराखी थप मूल्य र पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई अझ विशेष र यादगार बनाउने प्रतिबद्धता झल्काउँछ।
ग्रान्ड प्राइज जितेपछि सरस्वती खनाल रायमाझीले भनिन, “यामाहा रेजेडआर खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो। तर, १० लाख ३ हजार रुपैयाँ जित्दा यो अनुभव झनै विशेष बनेको छ। यो सुन्दर सरप्राइजका लागि म यामाहाप्रति हृदयदेखि नै आभारी छु र निकै खुसी छु।”
रायमाझीले ग्रान्ड प्राइज जितिसकेकी भए पनि यामाहाको चाडपर्वको उत्साह अझै जारी रहेको जनाइएको छ। ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्राहकहरूले अझै पनि यामाहा खरिदमार्फत सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने बताइएको छ। कम्पनीका अनुसार, आफ्नो नजिकैको आधिकारिक यामाहा शोरुममा पुगेर ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानमा सहभागी हुनुहोस् र १० लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त गर्नुहोस्।
सम्बन्धित समाचार
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
आज पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिक बदली हुने सम्भावना
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
