सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
काठमाडौँ । नेपालीहरूको महान् चाड तिहार ९दीपावली० तथा छठ पर्वको पावन अवसरमा सीजी इलेक्ट्रिकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने सन्देशसहित सीजी इलेक्ट्रिकले यस पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको जनाइएको छ। दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो भने यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका बताइएको छ।
सीजी इलेक्ट्रिकले उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका गुणस्तरीय एलईडी लाइटिङ तथा विद्युतीय उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाइएको छ। कम्पनीका एलईडी उत्पादनहरूमा वाइड भोल्टेज रेन्ज, लङ सर्भिसिङ लाइफ, वाइड बिम एङ्गल तथा इनर्जी सेभिङ जस्ता विशेषताहरू रहेका छन् भने घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनहरूले प्रभावकारी प्रकाश र ऊर्जा बचतमा योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका अनुसार,तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तजनसँग खुसी साटासाट गर्ने परम्परालाई अझ उल्लासमय बनाउन सीजी एलईडीका प्रकाश समाधान उपयुक्त विकल्प बन्न सक्छन्। लक्ष्मीपूजाको दिन घरलाई झिलिमिली बनाउनेदेखि लिएर तिहारका हरेक रमाइला पललाई उज्यालोले सजाउन सीजी एलईडीले आधुनिक प्रकाशको अनुभव प्रदान गर्ने विश्वास लिएको छ।
त्यसैगरी, सीजी एलईडीका उत्पादनहरूमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ, जसले उपभोक्तालाई गुणस्तरप्रतिको विश्वास र थप भरोसा प्रदान गर्ने जनाइएको छ।
यस पर्वको अवसरमा सीजी इलेक्ट्रिकले उज्यालो र सकारात्मकताको सन्देश फैलाउँदै हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग र समृद्धिको प्रकाश छाओस् भन्ने कामना गरेको बताइएको छ।
सम्बन्धित समाचार
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
आज पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिक बदली हुने सम्भावना
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
