Jankari Kendra
१२ मंसिर २०८३, शुक्रबार

सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ११
सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज सामान्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ तोलाको तीन हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स