Jankari Kendra
११ मंसिर २०८३, बिहीबार

अब विदेशी पर्यटकले पनि नेपालमा फोनपे क्युआरबाटै भुक्तानी गर्न सक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ११
अब विदेशी पर्यटकले पनि नेपालमा फोनपे क्युआरबाटै भुक्तानी गर्न सक्ने

काठमाडौँ । नेपाल घुम्न आउने विदेशी पर्यटकले अब स्थानीय फोनपे क्युआर प्रणलीमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । फोन पेले नबिल बैँकसँगको सहकार्यमा विदेशी पर्यटकलाई लक्षित गर्दे ‘नेपाल नाउ’ नामक नयाँ एप सार्वजनिक गरेको छ ।

यस एपमार्फत पर्यटकले आफ्नो राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) प्रयोग गरी दर्ता गर्नुपर्नेछ । त्यसपछि अन्तराष्ट्रिय भिसा,मास्टरकार्ड वा युनियन पे कार्डमार्फत एपमा रकम लोड गर्न सकिने व्यवस्था गरिएको छ ।

रकम लोड गरेपछि पर्यटकले नेपाल नेपाली उपभोक्ताले जस्तै क्यूआर कोड स्क्यान गरी सामान तथा सेवाको भुक्तानी गर्न सक्नेछन् । यसले पर्यटकलाई नगद बोक्नुपर्ने बाध्यता कम गर्नुका साथै स्थानीय व्यवसायमा डिजिटल कोरोबार बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल नाउ एप एप्पल एप स्टोर र गुगल एप स्टोरमा उपलब्ध रहेको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स