१ सय जना नेपाली सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’ पदमा माग
जानकारी केन्द्र
२०७२, पुष, २१
नेपाली सेनाको जंगी अड्डाले स्वीकृत दरबन्दीभित्र रिक्त अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट)को लागि १ सय जना कर्मचारी माग गरेको छ।
खुला र समावेशी गरी एक सय जना कर्मचारीका लागि दरखास्त माग गरिएको छ। पुस २१ अर्थात बिहिबारदेखि माघ २१ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्।
दोब्बर दस्तुरमा थप सात दिनको म्याद दिइने जंगी अड्डाले जनाएको छ। भर्ना छनोट निर्देशनालय जंगी अड्डा भद्रकाली, मध्य पृतना हेडक्वार्टर सुपारेटार हेटौंडा, मध्य पश्चिम पृतना हेडक्याटर तिमारे ब्यारेका सुर्खेत, पूर्वी पृतना हेडक्वार्टर इटहरी व्यारेक सुनसरी, पश्चिम पृतना विजयपूर व्यारेक पोखरा, सूदुर पश्चिम पृतना हेडक्वार्टर राजपुर र राजपुर व्यारेक दिपायलमा आवेदन दिन सकिनेछ।
शैक्षिक योग्यताको हकमा प्रमाण पत्र तह वा सो सरहको उत्र्तिण गरेको हुनु पर्नेछ। विदेशमा एसएलसी वा प्रमाण पत्र गरेको हकमा भने गणित विषय अनिवार्य पढेको हुनु पर्ने जंगी अड्डाले जनाएको छ।
खुला तर्फको फारम भर्दा एक हजार रुपैयाँ दस्तुर लाग्ने र समावेशी तर्फ भर्नेहरुले थप एक हजारको २० प्रतिशतले वढी दस्तुर बुझाउनु पर्ने छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
