बुधबार बाट नेपाल लाईफको एफपिओ, यि ठाँउ बाट दिन सकिन्छ अावेदन
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी (Nepal life inusrance comapny) ले ३० लाख ९६ हजार ४ सय २९ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनी (NLIC) ले यही पुस २७ गते बुधबारबाट एफपिओ निष्काशन गर्ने भएको हो ।
अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयरमा न्युनतम १० कित्ता (१४ हजारर २५० रुपैयाँ) देखि अधिकतम ३० हजार ९६० कित्ता (४ करोड ४१ लाख १८ हजार रुपैयाँ) सम्म आबेदन गर्न पाईने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
यो निष्काशनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ । हाल २ अर्ब १६ करोड ७५ लाख चुक्तापूँजी भएको कम्पनीको एफपिओ निष्काशनपछि चुक्तापूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९ सय पुग्नेछ ।

सम्बन्धित समाचार
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

