संविधान संशोधन पहिलो प्रथामिकता- बिमलेन्द्र निधि
रबिन्द्र यादव / नवलपरासी, २८ माघ ।
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सरकारले स्थानिय निकायको चुनाव भन्दा पहिला संविधान संशोधनलाई पहिलो प्राथ्मिक्ता दिनु पर्ने बताएका छन् । गृह मन्त्रि निधिले संबिधान संसोधन पछि मात्र स्थानीय तहको निर्बाचन गर्नसक्ने बताएका छन । गृह मन्त्री निधिले एमाले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाउदै बर्तमान सरकारले संविधान कार्यान्वयमा ल्याउन संविधान संसोधन गरि संघिय संरचनामा जाने बताए ।
आज उद्योग वाणिज्य संघ नवलपरासीको ३५ आंै साधारण सभामा रिपोटर्स क्लब नेपाल जिल्ला शाखा नवलपरनसीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री निधीले एमाले संग बर्ता छलफल गरी सीमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागी परेको जानकारी दिए । गृहमन्त्री निधिले एमालेको हेराफेरी रबैयाकै कारण मधेशि मोर्चा बेखुस भएको बताउदै संविधान प्रति रुष्ट विभिन्न दलहरुलाई समहमतिमा ल्याउन संविधान संसोधनमा सरकारले जोड दिएको बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री निधिले स्थानीय तह र प्रादेशिक सहित केन्द्रिय चुनावमा सरकार लागि परेकाले ति चुनावहरुलाई सहयोग गरि संविधान कार्यान्वयनमा सहयोग गर्न सबै दलहरुले सहयोग गर्न आवश्यक रहेको आग्रह गरे । गृहमन्त्री निधीले यस जिल्लामा औद्योगिक करिडोर स्थापना र पर्यटनलाई विकास गर्न सम्बन्धीत मन्त्रालयमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए । नेपालमा पर्यटन क्षेत्रको विकास गरि आन्तरिक एवं बाह्य पर्यटन भित्राउन सके नेपालको छिटै विकास हुने धारणा राख्दै नवलपरासीको सबै पर्यटकिय क्षेत्रको विकासका लागि आफु विशेष पहल गर्ने बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना




