• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ६ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ७ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • ९ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १० घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १२ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १२ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • ४. नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि

  • ५. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • ६. २०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ८. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

दाम्पत्य जीवन सफल, सुखी र खुशी बनाउन यसो गर्नुहोस् !

admin २०७३, फाल्गुन, ७

आफ्नो दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवनमा आनन्दित हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवनमा आनन्दित हुन नसक्नुमा दोष कस्को हुन्छ रु पति र पत्नीबीच कस्ता कुराले समस्या सिर्जना हुन्छ रु यस्ता विषयमा बुझ्न आवश्यक हुन्छ । दाम्पत्य जीवनलाई सफल बनाउन हरेक दम्पतीले अपनाउनुपर्ने सामान्य जानकारीका बारेमा मनोपरामर्शदाता बिपुला श्रेष्ठको सुझाब यस्तो छः

एक–अर्काको भावनाको सहपहिचान
अधिकांशले आफ्नो चाहनाअनुसार मात्र जीवन जिइरहेका हुन्छन् । आफ्नो सहयात्रीको विचार तथा भावना बुझ्ने कोसिस पनि गर्दैनन् । दाम्पत्य जीवनको मुख्यमन्त्र भनेको जीवनसाथीको विचार तथा भावना बुझेर अगाडि बढ्नु हो । पार्टनरको कुरा सुन्नुभन्दा आफ्नो सुनाउन बढी आतुर हुँदा समस्या सिर्जना हुन्छ । यस्तै कारणले पुराना दम्पतीबीच पनि फाटो आइरहेको हुन्छ । अतः एकअर्काको भावनालाई सही तरिकाले बुझ्न अत्यन्त जरुरी छ ।
एक–अर्काप्रति सम्मान
पतिपत्नीले एकअर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दामपत्य जीवन सुखमय बनाउन एकअर्काप्रति सम्मान गर्नुपर्छ । धेरै दम्पतीहरूको एउटै गुनासो हुन्छ, ‘तिमीले मलाई बुझेनौँँ ।’ त्यसैले, एकअर्कालाई बुझ्नु भनेको एकअर्काप्रतिको विचार, भावना र व्यवहारप्रतिको सम्मान गर्नु हो ।
साथीको उत्प्रेरणा र तनावलाई बुझ्नु
पतिपत्नीबीचको सन्तुलित यात्राविना जीवन पक्कै आनन्ददायी हुँदैन । एकअर्काको उत्प्रेरणाकै कारण यात्रा सही रूपमा अगाडि बढाउन सकिन्छ । प्रायः जीवनसाथीबीच उत्प्रेरणा जगाउनुभन्दा कमजोरीलाई अघि सारेर होच्याइन्छ । यसो गर्दा उनीहरूबीच ठूलो फाटो आउँछ । पत्नीका हरेक कार्यमा पतिले सघाउने र पतिका कार्यमा पनि पत्नीले मद्दत पुर्‍याउनुपर्छ । एकले अर्काको तनाबलाई बुझी व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।

सम्बन्धलाई अर्थपूर्ण बनाउनु
प्रत्येक पतिपत्नी आफ्नो सम्बन्ध विशेष होस् भन्ने चाहन्छन् । कतिले समाजमै चर्चा होस् भन्ने पनि चाहन्छन् । यसका लागि पतिपत्नी सामाजिक कार्यक्रममा सँगै भाग लिने गर्नुपर्छ । कतिपय पत्नी पतिसँगै जान्छुभन्दा पनि पति साथै लैजान हिच्किचाउँछन् । दुवैजना सामाजिक कार्यक्रममा सँगै गएर योगदान पु¥याउँदा अपूर्व सन्तुष्टि मिल्छ । जसले गर्दा दाम्पत्य जीवन रोचक एवं अर्थपूर्ण बनाउन सकिन्छ ।
प्रेम, श्रद्धा र क्षमा
प्रेम यस्तो औषधी हो जसले शरीर, मन र भावनाको समस्यालाई पनि निको पार्छ । प्रेमको महत्वका बारेमा मनोविज्ञदेखि सद्गुरुसम्मले पनि धेरै चर्चा गरेको पाइन्छ । ‘प्रेम’ शब्द हेर्दा छोटो देखिए पनि अत्यन्त गहिरो विषय हो । कतिले प्रेमलाई स्वार्थ, सर्त परिपूर्ति गर्ने माध्यम पनि ठान्दछन् । वास्तवमा प्रेम त अकारण अनि निसर्त नै हुन्छ । पतिपत्नीबीच सुमधुर सम्बन्धका लागि प्रेम महत्वपूर्ण हुन्छ । एकअर्काको भावना बुझेर प्रेम गर्दै अघि बढ्नुपर्छ । एकअर्कामा श्रद्धा गर्ने र कुनै गल्ती भयो भने त्यसलाई ठूलो पारेर पार्टनरलाई दबाउनु हुँदैन । यसले पार्टनरको आत्मविश्वासमा कमी हुन्छ । प्रायः पतिपत्नीको सम्बन्ध एकअर्कालाई क्षमा गर्न नसकेका कारण भताभुङ्ग भएको हुन्छ ।
हरेक कुरालाई नवीन रूपमा हेर्नु
एउटै कुरा सधैँ दोहोरिँदा दिक्क लाग्नु स्वाभाविकै हो । यो पुरुषमा अलि बढी नै हुन्छ । धेरैजसो विवाहित पुरुष पत्नीलाई समय धेरै नदिने र सम्बन्ध पुरानो हुँदै जाँदा सम्बन्धमा रुचि कम हुँदै गएको विभिन्न मनोवैज्ञानिक अनुुसन्धानमा उल्लेख गरेको पाइन्छ । यसको समाधान भनेको सम्बन्धलाई ताजा राख्नु नै हो । यसका लागि हरेक व्यवहारलाई नवीन रूपमा हेर्ने कलाको विकास गर्नुपर्छ ।
सकारात्मक सोच र गल्ती स्वीकार
हरेक कुरालाई नकारात्मक रूपमा मात्र देख्ने धेरैको बानी हुन्छ । सहयात्रीको हरेक काममा खोट मात्र लगाउने बानीले सम्बन्धमा चिसोपना आउन सक्छ । यस्तो नकारात्मक सोचले घरको वातावरणमा समेत नराम्रो असर पु¥याउँछ । पतिपत्नीबीच सामान्य झगडा र मनमुटाब हुनु स्वाभाविक नै हो । तर, एकको गल्तीलाई अर्कोले औँल्याएर सकारात्मक रूपमा बुझाउन सकिन्छ । गल्ती भयो भने स्वीकार गर्न पनि पछि पर्नुहुँदैन ।-नयाँ पत्रिका

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.