Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

यस्ताे छ मतदान गर्ने तरिका , थाहापाइ राखाैं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, २६
यस्ताे छ  मतदान गर्ने तरिका , थाहापाइ राखाैं

स्थानीय तह निर्वाचनमा देशभर २१ हजार मतदान केन्द्र हुन्छन् । वैशाख ३१ गते हुने निर्वाचनको मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदाताहरु लामबद्ध हुन्छन् ।
ती लामबद्ध मतदाताले कसरी व्यवस्थित र सुरक्षित तबरले आफ्नो मत खसाल्न सक्छन् त ?
निर्वाचन आयोगले खटाएका कर्मचारी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा रहने निर्वाचन कार्यालयमार्फत तोकिएको मतदान केन्द्रमा पुगेका हुन्छन् ।
निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक छाप लगायतका सामान लिएर उनीहरु त्यहाँ पुगेर निर्वाचन आयोगले तोकेको डिजाईनमा मतदान केन्द्र बनाउँछन् ।
डिजाइनअनुसार सर्वप्रथम गर्भवती महिला, अशक्त–अपाङ्ग, बिरामी,जेष्ठ नागरिकका लागि छुट्टै, पुरुष र महिलाका लागि छुट्टा–छुट्टै गरी तीनओटा लाइन रहन्छ । त्यसपछि लाइनअनुसार उनीहरु मतदाता परिचयपत्र र मतदाता नामावली भिडाउने, मतदान गरेको हातमा चिनो लगाउने, तथ्यांक फारम भर्ने र मतपत्र लिने काम हुन्छ । यसकै पछाडी पट्टी विभिन्न दलका प्रतिनिधिहरु बस्छन् ।
मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । त्यसपछि मतपत्रमा मतसंकेत गरेर केही अगाडि रहेको मतपेटीकामा मतपत्र पट्याएर खसालेपछि बाहिरिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै  मत हाल्न नजान्नेहरुका सही तरिकाले मतदान गर्न सहयोग गर्न निर्वाचन अायोगले भिडियो सार्वजनिक गरेको छ  । यसमा सात जनालार्इ मतदान गर्नु पर्ने छ । जसमा मतदाताहरु दोधारमा पर्ने भएकोले यस्तो भिडियो गाइड सार्वजनिक गरेको बताइएको छ  ।

 

[su_youtube url=”https://youtu.be/jAv8qDQ_pbk” width=”920″ height=”940″]

स्रोत , निर्वाचन अायोग,बाह्रखरी लगायत बिभिन्न अनलाइन पत्रिका

Top Changing Nepal

युट्युब सट्स