Jankari Kendra
२२ श्रावण २०८३, शुक्रबार
Worldlink

कर्मचारीको गल्तीले दुख झेल्न बाध्य सर्वसाधारण

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, भाद्र, १८
कर्मचारीको गल्तीले दुख झेल्न बाध्य सर्वसाधारण

रोशन पोखरेल

नेपालका अधिकांश स्थानिय निकायहर लथालिङ्ग अवस्थामा छन् । राज्य हुनुको कुनै अनुभूतिबिना स्वचालित मेसिन जस्तै परम्परागत र नैतिक मान्यतामा बाँधिएर चलिरहेका छन् । आम नागरिकका लागि राज्य युद्धकालमा बन्दुक बोकाएर सेना पठाउने संयन्त्र थियो । त्यसपछि सधैँ किचलो गर्ने संविधान सभा अनि अहिले चाहिँ राज्य के हो ? आम नागरिकलाई यसको जवाफ थाहा छैन । नेपालमा २०५९ सालपछि कम क्रियाशील बन्दै गएका राज्यका निकायहरू बिस्तारै निष्क्रिय भए ।

जनआन्दोलन पछि सुरु भएको स्थानिय निकाय  गतिशीलता कछुवाको तालमा छ । लामो समय जातीय–क्षेत्रीय आन्दोलनले फेरी चन्दा र धम्की आतङ्कले यसलाई प्रभावित गर्यो  । आज पनि राज्यलाई जनता सम्म पुससयाउने यो निकाय आफ्नो लयमा आउन सकेको छैन । जनप्रतिनिधी विहिन अवस्थामा भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको ट्याग लिएर चलिरहेको छ । यस्तो अवस्थामा नागरिकले लोकतन्त्र, गणतन्त्र सबै रेडियोमा समाचार सुन्न मात्र उपभोग गर्न सकेका छन् भन्दा फरक नपर्ला ।नागरिकहरू काम वा समस्या लिएर स्थानिय निकायका कार्यालय आउँछन । कोही काम गरेर फर्कन्छन् । काम हुन नसक्ने भए सुझाव वा सल्लाह लिएर फर्कन्छन् ।

 प्रक्रिया वा कागजपत्रबारे बुझ्न आउनेहरू कुरा बुझेर फर्कन्छन् । लामे समय   जनप्रतिनिधी विहिन स्थनिय निकाय चारैतिर आलोचनाको केन्द्र भइसकेको छ । अपारदर्शीता, भ्रष्टाचार र अनियमितता पर्याय नै हो स्थानीय निकाय भनेर आम जनताले बुझेका छन् । नागरिकताको सिफारिस, बिहे दर्ता र बसाईंसराइ दर्ताको सिफारिसका लागि कार्यालयहरूमा सधैँ भिडभार भइरहने गर्छ । लोकतन्त्र भनेको नै लक्षित वर्गकोलागि र सबैको लागि हो । ठुला–ठुला भाषण र जटिल राजनीतिक दर्शन आमनागरिकले नबुझ्न सक्छन् । यो लोकतन्त्रको नागरिकले बुझ्ने भाषामा गरिएको अनुवाद हो । विवाह पछि गरिने दर्ता जसले पारम्परिक विवाहलाई कानुनी मान्यता दिन्छ र विवाहलाई वैधानिक बनाउँछ | यसको लागि श्रीमानको स्थाई बसोबास भएको वडा कार्यालयमा जानुपर्ने हुन्छ | विवाह दर्ता पश्चात् मात्र श्रीमतीको नागरिकतामा श्रीमान् नाम थर राख्न मिल्छ जसको लागि श्रीमानको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय जानुपर्छ । तर, मोरङमा रहेको कार्यालयको लापरवाहीले एक महिलाले दुख पाएकी छन् ।

कार्यालयका कर्मचारीको लापरवाहीले उनले दिनहु जसो दुख पाइरहेकी छन् । विदेश अध्ययनका लागि कागजात मिलाएकी ती महिलालार्इ प्रशासन कार्यालयको लापरवाहीले हैरानी व्यहोर्नु परेको हो । श्रीमानसगै विदेश जान कसरत गरिरहेकी ती महिलालार्इ प्रशासनका कर्मचारीको लापरवाहीले हैरानी भएको छ । उनले भनिन, “हामी हाम्रो काम छिटो, छरितो होस् भनेर जान्छै तर कर्मचारीले गर्ने सानो गल्तीले हामीले किन दुख पाएने ।’’

Top Changing Nepal

युट्युब सट्स