Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

पलकी सपनाकी परी बनिन् आँचल, आयो नयाँ भिडियो (भिडियो सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १८
पलकी सपनाकी परी बनिन् आँचल, आयो नयाँ भिडियो (भिडियो सहित)

काठमाण्डौ। नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय सर्वाधिक रुचाईएको ‘रिल कपल’ हो । उनिहरुले सँगै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो सार्वजनिक गरिएको छ ।सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ ।

एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित रहेको छ । नायक पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आँचल पलकी सपनाकी परी बनेकी छन् ।मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् ।

भिडियो:

Top Changing Nepal

युट्युब सट्स