• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

रमेश लम्साल : काठमाडौँ, ७ माघ । उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ ।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफँैले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले सेजमा आगामी दुई महिनाभित्र विद्युत् उपलब्ध हुने बताउँदै आउनुभएको छ । सरकारले विशेष आर्थिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र उद्योग सञ्चालनका लागि विद्युत् उपलब्ध हुने उहाँको भनाइ छ तर कार्यप्रगति हेर्दा सहज रुपमा विद्युत् उपलब्ध हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ ।

विशेष आर्थिक क्षेत्रले बनाउनुपर्ने ३३÷११ केभीको सवस्टेशन निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि नबढेकाले प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पु¥याए पनि सवस्टेशन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले सहज रुपमा विद्युत् पाउन समस्या पर्ने अवस्था छ ।

प्राधिकरणले सेजसम्म विद्युत् पु¥याउनका लागि प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको छ । उपलब्ध विद्युत्लाई सवस्टेशन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको कार्यक्षेत्रमा पर्छ ।

नेपाल विद्युत् प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख सुरेश क्षेत्रीले प्राधिकरणले गर्नुपर्ने काम गरिरहेको भए पनि सेजभित्रै आफैँले गर्नुपर्ने काम अगाडि नबढाएकाले समस्या भएको जानकारी दिनुभयो ।

भैरहवा सेजले सवस्टेशन निर्माण गर्ने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् उपलब्ध गराउनेछ । सवस्टेशन निर्माणका लागि हालसम्म ठेक्का प्रक्रिया नै शुरु भएको छैन ।

प्राधिकरणकै कार्यक्षमतालाई हेर्दा सामान्य अवस्थामा सवस्टेशन निर्माण गर्न कम्तीमा पनि डेढ वर्ष लाग्छ । प्राधिकरणका अधिकांश सवस्टेशन तोकिएको समयमा पूरा भएका छैनन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् प्राधिकरणलाई दोष देखाएर सेजले व्यवस्थापनको आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको बताउनुभयो ।

“उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराइरहेका छौँ । निर्माणका कार्य गर्न कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “आगामी चैतभित्र हामी हाम्रो कार्यक्षेत्रभित्रको प्रसारण लाइन निर्माण गर्छौं र विद्युत् पु¥याउँछौँ । सेज व्यवस्थापनले सवस्टेशन बनाउने कामचाहिँ नगर्ने अनि विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोष देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन ।

कूल ३३ केभी क्षमताको सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन नसकिने भएकाले तिलोत्तमा नगरपालिकाको जोइकुटी सवस्टेशनदेखि सेजसम्म डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।

जोइकुटी–भरौलियाखण्डमा शान्ति वन सामुदायिक वन क्षेत्र भएर प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले समस्या भएको छ । वन क्षेत्रको जग्गा प्रयोगमा समस्या उत्पन्न भएको प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख क्षेत्रीको भनाइ छ ।

भरौलियाखण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयवासीले अवरोध गरेका छन् । अवरोध हटाएर काम सञ्चालन गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकार भएकाबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

“अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पु¥याउँछौँ, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन” उहाँले भन्नुभयो, “तर सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको छैन ।”

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले विद्युत् नभएको भन्दै कुनै काम गरेका छैनन् । उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् भने ११ केभी लाइनमार्फत उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ ।

उद्योग मन्त्रालयले सवस्टेशन निर्माणको काम छिट्टै शुरु हुने जनाएको छ । उद्योग सचिव खतिवडाले प्रक्रिया शुरु भएको जानकारी दिँदै सवस्टेशनकै कारण उद्योग खोल्न समस्या नहुने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत सेजमा विद्युत् उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो । आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सेजमा विद्युत् उपलब्ध गराउन सबै उपाय अपनाइने बताउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड
    ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्
    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.