राष्ट्रपतिविरुद्ध जथाभावी संजालमा स्टाटस लेखको भन्दै एक युवकलाई जेल चलान
माघ ३, २०७४ सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिविरुद्ध जथाभावी स्टाटस लेखेको आरोपमा इन्डोनेशियामा एक युवकलाई १८ महिनाका लागि जेल चलान गरिएको छ। सुमात्रा द्वीपका १८ वर्षीय एमएफबी नामका विद्यार्थीले राष्ट्रपति जोको विडोडोविरुद्ध भ्रामक सन्देश पोष्ट गरेकोमा दोषी पाइएका हुन्। ती युवकले सजाय सुनाउने बेला कुनै प्रतिक्रिया दिएका थिएनन् भने उनका वकिलले पनि बचाउका लागि कुनै पहल गरेनन्।
जुलाई २०१७ मा ती युवकले फेसबुकमा राष्ट्रपतिबारे भ्रामक स्टाटस लेखेका थिए। साथै उनले सक्ने भए आफूलाई पक्राउ गरेर देखाउन चुनौतीसमेत दिएका थिए। त्यस्तै, अगष्टमा एमएफबीले राष्ट्रपति विडोडो र प्रहरी प्रमुख टिटो कर्नाभियन बारेमा नकरात्मक सन्देशहरू लेखेका थिए। प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गरेपछि ती युवकले कुनै प्रतिक्रिया दिएका थिएनन्। उनका वकिलले पनि ती युवकको बचाउमा कुनै बहस गरेनन्।
इन्डोनेशियाका राष्ट्रपति विडोडो। इन्डोनेसियालमा इन्टरनेट कानुन उलंघन गरेको विगत केही समययता पक्राउ पर्नेको संख्या बढेको छ। सरकारले उक्त कानुनको उलंघन र इन्टरनेट सेवाको दुरुपयोग गरेर नक्कली फेसबुक अकाउन्ट खोल्ने, जथाभावी लेख्नेमाथि कडा निगरानी राख्ने गरेको छ। अधिकारकर्मीहरुले सरकारको उक्त कदमको आलोचना गरेका छन्। इन्टरनेट कानुन खारेजीको माग गर्दै उनीहरुले अनावश्यक दुर्व्यवहार गरिएको र वाक स्वतन्त्रता खोसिएको भन्दै विरोध गरेका छन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

