चलचित्र ” भैरे” लाइ दर्शकको राम्रो साथ
काठमाडौँ,
काठमाडौंका २० हलमा बक्सअफिस लागू भएको तेस्रो दिन अर्थात् शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ ले घरेलु बजारमा सुखद सुरुवात गरेको छ । । शुक्रवार औषत रहेपनि शनिवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन् ।
मल्टिप्लेक्समा पनि शनिवार फिल्मले पाएको शो हाउसफुल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ ।
शनिवार दिउँसो २ बजे फिल्मका कलाकार बुद्धि तामाङ, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, जान्हवी बोहरा, बाल कलाकार अनुभव रेग्मीसँगै निर्देशक एभरेष्ट सूर्य बोहरासहितको टीम राजधानीको गोपीकृष्ण हल पुग्दा कृष्ण र मिरा हलको सबै टिकट विक्रि भइसकेका थिए ।
हल पस्न लागेका र फिल्म हेरेर बाहिरिँदै गरेका दर्शकले आँखा सामुन्ने पर्दाका कलाकार देख्दा ताली बजाउँदै न्यानो स्वागत गरे । बाल कलाकार अनुभवलाई ‘नाई नभन्नू ल’ को ‘फुच्चे’ भन्दै सेल्फी खिच्न दर्शकको भीड थेगिसक्नु थिएन ।
दयाहाङ र अभिनेत्री सुरक्षा पन्त भने हलमा देखिएनन् । फिल्म हेरेर निस्किएका अधिकांशले ‘भैरे’ को बारेमा राम्रो बोलेका छन् । फिल्मको उठाएको विषयवस्तु मन परेको धेरैको प्रतिक्रिया थियो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
