सलमान खान जेल परे, अदालतले सुनायो ५ वर्षको जेल सजाय
जानकारी केन्द्र
२०७२, बैशाख, २३
मुम्बइको एक अदालतले बलिउड सुपरस्टार सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ । १३ वर्ष अगाडीको एक मुद्धामा लागेका सबै ७ आरोप पुष्टी गरेपछि अदालतले यस्तो सजाय सुनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमान खान माथि सन् २००२ मा लागेको हिट एण्ड रन मुद्धामा उनीमाथि लागेका सबै ७ आरोप सही भएको ठहर गर्दै फैसला सुनाउँदा सलमान खानले आँखाबाट आँसु झारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमान खानलाई हिरासतमा लिइएको छ । सलमान खानका परिवारका अन्य सदस्यका अनुहार पनि मलिन देखिएको सञ्चार माध्यमले जनाएका छन् ।
सलमानमाथिको मुद्धामा १० देखि १५ वर्ष सम्मको जेल सजायको फैसला हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सन् २००२ मा मुम्बइमा सलमानको गाडीको ठक्करबाट एक ब्यक्तिको निधन भएको थियो भने अन्य ४ जना घाइते भएका थिए ।
एजेन्सि ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

