पृथ्वीमा खस्दै छ नियन्त्रण गुमाएको रुसी यान
एजेन्सी : रूसको अन्तरिक्ष यान एम-२७ एम शुक्रबार पृथ्वीमा खस्दैछ । अघिल्लो साता लन्च गरेपछि नियन्त्रण बाहिर गएको यो यान शुक्रबार पृथ्वीमा खसेर नष्ट हुने वैज्ञानिकहरुले जानकारी दिएका छन् ।
यो मानवरहित कार्गोसिप अघिल्लो मंगलबार काजाखस्तानबाट लन्च गरिएको थियो । लन्च गरिएको केही समयमै यो यानसँग नियन्त्रणकक्षको सम्पर्क विच्छेद हुन पुगेको थियो ।
अन्तरिक्ष यान एम-२५ एम पृथ्वीको बायुमण्डलमा प्रवेश गर्ने वित्तिकै यो यान टुक्रा टुक्रा हुनेछ । यो यानमा तीन टनबढी अतिआवश्यक सामान र उपकरण रहेका छन् ।
वैज्ञानिकहरुका अनुसार यो यानका टुक्रा जमिनमा नभर्इ समुद्रमा खस्ने छन् । यो यानले पृथ्वी भन्दा करिब ४ सय २० किलोमिटर टाढा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका ६ जना वैज्ञानिकलार्इ खाद्य सामग्री, इन्धन, अक्सिजन र कपडा बोकेको थियो ।
तर लन्च गरिएको केही समयमै यो यानले नियन्त्रण कक्ष भन्दा सम्पर्क बाहिर गएपछि पृथ्वीमा विपत् आउने अनुमान गरिएको थियो ।
रूसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसका अनुसार यो यान नेपाली समयअनुसार शुक्रबार बिहान धर्तीमा खस्ने छ । ‘रूसी यानका केबल साना र केही टुक्रामात्र धर्तिमा आइपुग्नेछन्’, उसले भनेको छ ।
अन्नपुर्ण पोष्ट बाट
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
कस्तो छ आजको मौसम पूर्वानुमान ?
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

