अमेरिकामा ‘छक्का पन्जा ३’को नयाँ रेकर्ड
जानकारी केन्द्र
२०७५, कार्तिक, २६
कार्तिक २६ :नेपाली चलचित्र ‘छक्का पन्जा ३’ले सम्पूर्ण नेपाली चलचित्रको रेकर्ड पार गरिसकेको छ । नेपालमा मात्र नभई चलचित्रले विदेशमा पनि नयाँ रेकर्ड बनाएको छ । अमेरिकामा प्रदर्शन भएका ‘छक्का पन्जा २’ र ‘लुट २’ तीन साता सम्म चलेका थिए तर ‘छक्का पन्जा ३’ अमेरिकामा लगातार १ महिना सम्म चलेको छ । चलचित्रले अमेरिकाको डालस टेक्सासमा यो रेकर्ड बनाएको हो । डालसमा मात्र चलचित्रको ६४ शो सफलताका साथ चलेका छन् भने अझै चलचित्र प्रदर्शन भैरहेको छ ।
चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा), संजोग कोइराला, नीर शाह, शिव हरि पौडेल, किरण केसी, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन राई, जय नन्द लामा, शारदा गिरी, बिमला गिरी र बसन्त भट्ट लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रलाई सुमन गिरी (भान्जा), शिव हरि पौडेल, किरण केसी ,तारा चन्द्र बजगाईं (निशान), पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया र केशव न्यौपाने लगायतको लगानी रहेको छ ।आमा सरस्वति मुभिजको ब्यानरमा तयार भएको चलचित्रलाई दीपा श्री निरौलाले निर्देशन गरेकी छिन् भने कार्यकारी निर्माताको रुपमा केदार घिमिरे (माग्ने बुढा) र जीतु नेपाल (मुन्द्रे) छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

