नेपाली बक्सिङ च्याम्पियन म्याक्स फेब्रुअरी ३ मा जापानसंग भिड्दै
नेपालका चर्चित राष्ट्रिय बक्सिंग च्याम्पियन मनोहर बस्नेत “म्याक्स” जापानको योकोहोमामा हुने मुराकामी प्रोफेशनल बक्सिंग च्याम्पियनशिपमा सहभागी हुन जापान पुगेका छन | योकोहामा सिटीको होटल मेल पार्कमा २०१९ फेब्रुवरी ३ तारिकमा हुने सो प्रतियोगितामा म्याक्सले जापानका पुर्व राष्ट्रिय च्याम्पियन इतो सग प्रतिस्परधा गर्ने भएका छन | १४ पटक सम्म रास्ट्रिय बक्सिंग च्याम्पियन जितेका माक्सले ३ पटक सम्म बेस्ट बक्सिंग प्लेयर वावार्ड समेत जितेका छन |
म्याक्सले नेपालमा व्यवशायिक बक्सिङ्ग कम्पनी ” म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि.” को पनि स्थपना गरेका छन । म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि. मार्फत नेपालमा पनि व्यवशायिक रूपमा बक्सिङ्ग खेलको विकास गर्ने म्याक्स बताउछन । बक्सिङ्ग खेल खेल्ने क्रममा म्याक्सले धेरै नै समस्याहरू झेल्न परे पनि बक्सिङ्ग खेलको विकासको लागि अाफ्नो जिवन नै अर्पण गरेको बताउने म्याक्सले बक्सिङ्ग खेललाइ अाफ्नै जन्म दिने अामा संग तुलना गरेका छन । यस्तै गरेर म्यक्सले नेपाल प्रोफेसनल बक्सिंग कमिसन नामक सस्थाको स्थापना गरेर बक्सिंग खेलको बिकाशको लागि काम गरि रहेका छन |
बक्सिंग को बिकाशका लागि अहोरात्र खट्ने म्याक्स लाइ आर्थिक कठिनाई हरु धेरै पटक बाधक बनेर आए पनि उनले कहिले आफ्नै बाइक बेचेर पैदल हेडेरै भए पनि निरन्तरता दिनु पर्यो भने कहिले चर्को ब्याज मा सहकारी तथा साथी भाइ सग ऋण खोजेर सस्था लाइ निरन्तरता दिनु पर्यो अझै यस्ता कठिनाई हरु सग जुध्दै गरेका म्याक्स भन्छन सास रहुनजेल बक्सिंग खेल कै बिकाश मा लागि रहने छु | मेरो लडाई हिजो हामीले जस्तो पिडा आगामी दिनमा आउने खेलाडीले भोग्न नपरोश भन्ने हो |क्षमता हुदा हुदै पनि खेलाडी माथिनै हुने राजनीति ले अवसर बाट बन्चित हुनु पर्ने बाध्यताको अत्य भए मात्र समग्र खेल जगत माथि उठ्न सक्ने म्याक्स को भनाइ छ |
यस अघि भारतीय राष्ट्रिय बक्सिंग खेलाडी आसिदिप बुलर लाइ म्यक्सले यसरि हराएका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
