• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ साल माघ १६ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

आजको राशिफल / वि.सं. २०७५ चैत्र २६ गते मङ्गलबार



वि.सं. २०७५ चैत्र २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अप्रिल ०९ तारिख, चैत्र शुक्ल चतुर्थी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, आयुष्मान् योग, विष्टि (भद्रा) र बब करण, आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री कूष्माण्डा भगवतीको पूजा गर्ने दिन, मंगल चतुर्थी व्रत, आजको मूहुर्त : अग्निवास(होमादि),  भोलिको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री स्कन्दमाता भगवतीको पूजा गर्ने दिन, भैरव भद्रकाली यात्रा, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने, शिलान्यास (सामान्य), घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण,

आजका लागि अशुभ समय :

राहु काल : दिउँसो ०३:१६ देखि ०४:५० सम्म, यमघण्ट : बिहान ०८:५७ देखि १०:३२ सम्म, गुलिक काल : दिउँसो १२:०७ देखि ०१:४१ सम्म, काल वारवेला : दिउँसो ०१:४१ देखि ०३:१६ सम्म, रोग वारवेला : बिहान ०५:४८ देखि ०७:२३ सम्म र साँझ ०४:५० देखि ०७:५० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

लाभ वारवेला : दिउँसो १०:३२ देखि १२:०७ सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।

शुभरङ्ग : सेतो वा उज्यालो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी, के नगर्ने : बोलीवचनमा कडापन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : गणेश, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : मन उत्ताउलो नबनाउने, के नगर्ने : हतारमा निर्णय

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके÷ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी, के नगर्ने : याचकको अपमान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने, के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कर्मसिद्धिको समय छ । हाँके÷ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भोलेशङ्कर, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने, के नगर्ने : उदासीनता÷नैराश्यता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : विष्णु, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : कुलधर्म र परम्पराको अनुसरण, के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आयुक्षेत्रमा चन्द्रमा छ । जोखिम र सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छिटो प्रतिफल आउने काममा हात नहाल्नु राम्रो हुनेछ । पारिवारिक विवादमा आफू चुप लाग्नु नै राम्रो हुनेछ ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : सङ्कटा देवी, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : तीव्रगति र हडबड

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो छ ।

शुभरङ्ग : सुन्तले, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : विष्णुलक्ष्मी, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल, के नगर्ने : परिवारको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : गणेश, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : खानपानमा नियन्त्रण, के नगर्ने : आवेग, घमण्ड र क्रोध

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पारिवारिक जीवन सन्तोषप्रद रहने छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कल्पना, भावना र प्रेमिल वातावरणको उदय हुनेछ । प्रेमी÷प्रेमिकाका बीचमा सामीप्यता बढ्ने छ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : सूर्यदेव, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : अल्छी र अकर्मण्यता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

चन्द्रमा अनिष्ट भए पनि शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । कमजोरीलाई सुधार गरी आगामी कार्यप्रगति तर्फ लम्कने अवसर आउने छ । नचिताएको स्थानबाट धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा रातो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने, के नगर्ने : गोपनीयता भङ्ग

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः, न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने, के नगर्ने : साथीभाइको बेवास्ता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)



    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
    • हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.