• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • २. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ३. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ४. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ९. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

आजको राशिफल / वि.सं. २०७५ चैत्र २८ गते बिहीबार

admin २०७५, चैत्र, २८

वि.सं. २०७५ चैत्र २८ गते बिहीबार तदनुसार ई. सं. २०१९ अप्रिल ११ तारिख, चैत्र शुक्ल षष्ठी, मृगशिरा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शोभन योग, तैतिल र गर करण,  आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री कात्यायनी भगवतीको पूजा गर्ने दिन, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र,  भोलिको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री कालरात्री भगवतीको पूजा गर्ने दिन, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

आजका लागि अशुभ समय :

राहु काल : दिउँसो ०१:४१ देखि ०३:१६ सम्म,  यमघण्ट : बिहान ०५:४६ देखि ०७:२१ सम्म,  गुलिक काल : बिहान ०८:५६ देखि १०:३१ सम्म,  काल वारवेला : दिउँसो ०३:१६ देखि ०४:५१ सम्म, रोग वारवेला : बिहान ०७:२१ देखि ०८:५६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

शुभ वारवेला : साँझ ०४:५१ देखि ०७:५१ सम्म,  लाभ वारवेला : दिउँसो १२:०६ देखि ०१:४१ सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नजिकका मित्र तथा दाजुभाइको साथ पाउँदा पाउँदै आँटेको काममा सफलता नमिल्न सक्छ । एक्कासी वैराग्य जाग्न सक्छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । व्यापारिक वा दैनिक कामहरूमा नराम्रो छैन, तर व्यवहारिक र सामाजिक खर्चमा अनायासै खर्च बृद्धि हुने सम्भावना छ । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन् । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । तर पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । बितेका कुरा कोट्याउनाले घरपरिवारमा विवाद हुनसक्छ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ ।

शुभरङ्ग : हरियो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने, के नगर्ने : दुःखीको अपमान

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । घरायसी परिबन्दले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा समय प्रदान गर्नुपर्नेछ । आवश्यकता अनुरूप बन्दव्यापारमा समय दिन सकिंदैन ।

शुभरङ्ग : सेतो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने, के नगर्ने : फजुल खर्च

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

शुभरङ्ग : गुलाबी, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु नै ठिक हुनेछ । कल्पना र भावनामा केन्दित भइने छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : खर्र्चमा नियन्त्रण, के नगर्ने : विलम्ब र ढिलासुस्ती

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सन्ततिका समस्या निराकरण गर्न समय र धन खर्च हुने सम्भावना छ । सानोतिनो आर्थिक समस्याले पिरोल्ने छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्यसम्बन्धका लागि समय निकाल्न सकिंदैन । बौद्धिक क्षमता बढ्नेछ । मातापितासँग सम्बन्ध चिसिन सक्छ । पछाडि कुरा काट्ने शत्रुहरूको चलखेल बढ्नाले चिन्ता बढ्न सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी, के नगर्ने : अनुशासन भङ्ग

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । कडा मिहिनेतका कारण गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिने छ । नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप गर्नु पर्ने दिन छ । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, सामान हराउने वा प्रतिफल नआउने क्षेत्रमा धनखर्च हुनसक्छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । मनोरञ्जन वा खेलवाडबाट टाढा बस्नु जायज हुनेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास, के नगर्ने : अल्छीपन र अकर्मण्यता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन् । अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा रुचि बढ्ने छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । विगतको परिश्रमको समुचित मूल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम, के नगर्ने : अपमान

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रेमसम्बन्धमा निरसता छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोले÷भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : भगवान् महादेव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण, के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : राधाकृष्ण, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने, के नगर्ने : कामुकता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : विष्णु भगवान्, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने, के नगर्ने : मुद्दामामिला र झैझगडा

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

शुभरङ्ग : आकासे, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने, के नगर्ने : अहङ्कार

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ ।

शुभरङ्ग : कलेजी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : अष्टमातृका, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने, के नगर्ने : लोभ र मोह

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 purbelinews.comकृष्णप्रसाद काेइराला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.