नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक, के-के छन् सुविधा ? हेर्नुहोस्
जानकारी केन्द्र
२०७५, चैत्र, २९
चैत २९, काठमाडौं | नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ (New Year Offer 2076) ल्याएको छ ।
सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।
उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।
प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट http://www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


