सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३४ घडी १९ पला।
जय गुरु देव !! जय सुर्य देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ १९, आइतबार, इ.स. २०१९ जुन २, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष, चतुर्दशी, १६:२८ उप्रान्त औंसी, नक्षत्र– कृत्तिका, २५:०४ बजेउप्रान्त रोहिणी, योग– अतिगण्ड, १२:०४ बजेउप्रान्त सुकर्मा, करण– शकुनि, १६:२८ बजेदेखि चतुष्पद, २८:१५ बजेउप्रान्त नाग, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मेष, ६:४५ बजेउप्रान्त वृष, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३४ घडी १९ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ २०,सोमबार, इ.स. २०१९ जुन ३, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, औंसी, १५:५४ उप्रान्त प्रतिपदा, नक्षत्र– रोहिणी, २५:०३ बजेउप्रान्त मृगशिरा, योग– सुकर्मा, १०:४१ बजेउप्रान्त धृति,करण– नाग, १५:५४ बजेदेखि किंस्तुघ्न, २७:२७ बजेउप्रान्त वव, आनन्दादिमा प्रवर्द्धमान योग,चन्द्रराशि– वृष, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३४ घडी २१ पला। दर्शश्राद्ध।व्रत/पर्व- साेमवारे औंसी,निशि तथा हलो बार्ने औंसी, वटसावित्री व्रत,शनि जयन्ती, सर्वार्थसिद्धि योग २५:०३ बजे सुरु।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक हिसाबले समय बलबान रहनेछ,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मीठो खाने अवसर मिल्ने छ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,राम्रो लगाउने आजको शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विश्वास जित्नै अघि बढ्न सकिने छ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ, अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,आजको शुभ अंक १ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बैदेशिक सहयोग बढे संगै,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धार्मिक कार्यमा समय बित्नेछ,नोकरीमा पदोन्नती हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ, अनुकूलको बन्न छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आजको शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आर्थिक अबस्थामा सुधार आउनेछ,विशिष्ट नयाँ काम गर्ने मौका छ,निकै सफल देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)