बैंकमा रोजगारीको अवसरै अवसर
काठमाडौं। एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कमर्स ‘एनसिसी’ बैंक र कामना सेवा विकास बैंकले उच्च तहदेखि सहायकस्तरसम्मका कर्मचारी माग गरेका छन्।
एनसिसी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कम्तिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकमा कम्तीमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्छ।कम्तिमा दुई वर्ष उच्च व्यवस्थापकिय भुमिकामा रहेर काम गरेको हुनु पर्ने मापदण्ड बैंकले राखेको छ।
बैंकले सहायक सिइओ सँगै एक जना सहायक महाप्रवन्धक, सुदुर पश्चिममा काम गर्ने गरि दुई जना एसिस्टेन्ट म्यानेजर र स्नातकोत्तर गरेका १० म्यानेजमेन्ट ट्रेनीको लागि विज्ञापन खुला गरेको हो। योग्य आवदेकले असार ११ गतेसम्ममा आवदेन दिन सक्ने बैंकले जनाएको छ।
एनआईसी एशिया बैंकले एक जना डेपुटी जनरल म्यानेजर पदमा लागि एक जना डेपुटी चिफ रिस्क म्यानेजर र एक जना डेपुटी हेड अफ इन्टर्नल अडिटमा कर्मचारी माग गरेको हो। सिनियर अफिसर पदका लागि पनि १४ जना कर्मचारी आह्वान गरिएको छ। डेपुटी हेड अफ डिएनए एण्ड ट्यालेन्ट म्यानेजमेन्टका लागि उपत्यका भित्र एक जना र उपत्यका बाहिर ५ जना कर्मचारी माग गरिएको छ।
अफिसर पदको इन्टर्नल अडिटका लगि ५० जना कर्मचारी माग गरिएको छ। त्यस्तै जुनियर अफिसर पदका लागि ६ जना कर्मचारी मागेको छ। सहायक स्तरको पदका लागि पनि दुई जनाको विज्ञापन खुला गरिएको छ।
म्यानेजर स्तरको पदका लागि कम्तिमा स्नातकोत्तर गरि ५ देखि १० वर्षको कार्यानुभव हुनु पर्नेछ। साथै अफिसर स्तरको पदका लागि स्नातकोत्तर गरि कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। योग्यता पुगेकाहरुले असार ११ गतेसम्ममा अनलाइनबाट आवेदन दिन सक्ने छन्।
कामना सेवा विकास बैंकले पुराना तथा नयाँ १८ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर पदमा विज्ञापन खुला गरेको छ। ब्रान्च म्यानेजरका लागि कम्तिमा पनि तीन वर्षको कार्यानुभब हुनु पर्नेछ। रिलेसनसिप म्यानेजर पदका लागि पनि नया तथा पुराना १३ शाखा कार्यालयका लगि कर्मचारी माग गरिएको छ। २८ वटा शाखा कार्यालयको लागि सर्भिस म्यानेजरको विज्ञापन खुला गरिएको छ। बैंकले शाखा कार्यालय तोकेरै ६९ जना कर्मचारी माग गरेको हो।
बैंकले कानुनी विभागका लागि सहायक स्तरका केही कर्मचारी माग गरिएको छ। बैंकले ट्रेनीका लागि केही कर्मचारी माग गरेको छ।ईच्छुक आवेदकले असार ११ गतेसम्ममा आवदेन दिन सक्ने बैंकले जनाएको छ।
bizmandu.com बाट
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

