• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • १३ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १४ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १६ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १७ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १८ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १८ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १९ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

  • २. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • ३. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ५. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • ६. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • ७. काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

  • ८. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • १०. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

त्रिविद्धारा स्नातकोत्तर तह प्रथम सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]

admin २०७६, असार, ३

काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण माहाशाखा द्वारा २०७५ साल भाद्र महिनामा सञ्चालित स्नातकोत्तर तह प्रथम सेमेस्टर (नियमित) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

शिक्षाशास्त्र संकायको परीक्षा सञ्चालन समितिको मिति २०७६ असार २ गतेको निर्णयअनुसार परीक्षा प्रकाशन गरिएको व्यहोरा हो । उक्त जानकारी सम्बन्धित सबैलाई सुचित गराउन यो सूचना जारी गरिएको छ ।

परीक्षाको नतिजा तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि आफ्न्त, साथीभाई र अरुको जानकारीका लागि सेयर गर्नुहोला ।

यता उपदानका लागि आवेदन दिएका प्राथमिक तहका अधिकांश अस्थायी शिक्षकले दुई वा तीन पटकमा साविकको एसएलसी परीक्षा उत्तीर्ण गरेको पाइएको छ । एकै पटकमा एसएलसी परीक्षा उत्तीर्ण गरेकाहरूमध्ये अधिकांशले तेस्रो श्रेणीमा सो परीक्षा उत्तीर्ण गरेको पनि पाइएको छ ।

शिक्षक पदको स्थायी परीक्षामा अनुत्तीर्ण भई उपदानका लागि आवेदन दिएका शिक्षकहरूको विवरण रुजु गर्ने कार्य भइरहेको छ । ती शिक्षकले बुझाएको शैक्षिक प्रमाणपत्र देखेपछि विद्यालय शिक्षक किताबखानाका पदाधिकारीहरू चकित परेका छन् । एसएलसी परीक्षा हम्मेहम्मे गरी उत्तीर्ण भएकालाई विगतमा भनसुनका आधारमा शिक्षक बनाइएको रहेछ भन्ने विषय किताबखानामा यतिबेला निकै चर्चामा छ ।

किताबखानाका उपसचिव रवीन्द्रकुमार बुढापिर्थीले भन्नुभयो, “अधिकांश शिक्षक पटक पटक परीक्षा दिएर एसएलसी परीक्षा उत्तीर्ण गरेका रहेछन् वा बल्लतल्ल तेस्रो श्रेणीमा उत्तीर्ण गरेका छन् । ” किताबखानाका कर्मचारीहरूका अनुसार निम्न माध्यमिक र माध्यमिक तहमा विगतमा अध्यापन गरेका अस्थायी शिक्षकले तेस्रो वा दोस्रो श्रेणीमा प्रमाणपत्र तह अथवा स्नातक तह उत्तीर्ण गरेका थिए । बुझाइएका प्रमाणपत्र हेर्दा विज्ञान र गणित विषय अध्यापन गरेका अधिकांश दोस्रो श्रेणीमा उत्तीर्ण गरेका अस्थायी शिक्षक थिए ।

मुस्किलले तेस्रो श्रेणीमा वा पटक पटक गरी एसएलसी परीक्षा उत्तीर्ण गरेका शिक्षकलाई प्राथमिक तहमा अध्यापनको जिम्मेवारी दिँदा विद्यार्थीको जगमै असर पु¥याउने शिक्षाविद्हरूको भनाइ छ । काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् डा। वासुदेव सुवेदीले शिक्षकको कमजोर शैक्षिक योग्यताले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने बताउँदै भन्नुभयो, “प्रथम वा विशिष्ट श्रेणीमा उत्तीर्ण गरेकाले अध्यापन गर्नुपर्छ । त्यसैले यो पेसा विशिष्ट हुन्छ । ”

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिका लागि न्यूनतम ५० अङ्क ल्याउनुपर्ने नियम बनाएको छ तर शिक्षक पदका लागि लिइने लिखित परीक्षामा न्यूनतम ४० अङ्क ल्याए पुग्छ । छुट्टयाइएको २५ अङ्कमध्ये अन्तर्वार्ताका लागि १० अङ्क, अनुभवका लागि १२ अङ्क र उत्तीर्ण श्रेणीका लागि तीन अङ्क दिने व्यवस्था छ । २०६५ साल यता प्राथमिक र निम्न माध्यमिक तहमा न्यूनतम शैक्षिक योग्यता कक्षा १२ तथा माध्यमिक तहमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने नियम लागू गरिएको छ । उत्तीर्ण श्रेणीका लागि छुट्याइएको तीन अङ्कमध्ये प्रथम श्रेणीका लागि तीन अङ्क, दोस्रो श्रेणीका लागि दुई अङ्क र तेस्रो श्रेणीका लागि एक अङ्क दिने नियम छ ।

आयोगले अनुभवको अङ्क बढी राख्दा लिखित परीक्षामा कम अङ्क ल्याएकालाई छनोट हुन सहज बनेको छ । यद्यपि आयोग अनुभवको अङ्कलाई घटाएर पाँचमा सीमित राख्ने गरी नियमावली संशोधन गर्न लागिरहेको छ । माथिल्लो योग्यता हासिल गरेकालाई दुई अङ्क दिने र उत्तीर्ण श्रेणीको तीन अङ्कलाई घटाएर दुईमा झार्न प्रस्ताव गरेको थाहा भएको छ ।

आयोगका उपसचिव रामराज खकुरेलले पछिल्लो समयमा लिखित परीक्षा उत्तीर्ण गर्ने शिक्षकहरूको शैक्षिक प्रमाणपत्र हेर्दा अधिकाँश दोस्रो श्रेणीमा उत्तीर्ण भएको पाइएको बताउँदै भन्नुभयो, “शिक्षक पदको लिखित परीक्षामा न्यूनतम प्राप्त गर्नुपर्ने अङ्क बढाउने हाल कुनै सोच छैन । बरु धेरैले न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेकाहरू हुने गरेका छन् । ”

काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् डा। सुवेदीले शिक्षक पदको लिखित परीक्षामा न्यूनतम आधार ५० प्रतिशत पु¥याउँदा प्रतिस्पर्धा बढ्ने र त्यसबाट योग्य व्यक्ति शिक्षकका रूपमा छनोट हुनसक्ने बताउनुभयो । ईआरओका महानिर्देशक टेकनारायण पाण्डेले शिक्षकको योग्यताले विद्यार्थीको सिकाइमा प्रभाव पर्ने गरेको बताउँदै भन्नुभयो, “कति प्रभाव पार्छ भन्ने बारेमा थप अनुसन्धान हुन बाँकी छ । ” गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् ।


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.