कुकुरलाई आत्महत्या गर्न उक्साउँने पुल
संसारमा एउटा यस्तो पनि पुल छ जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ । पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् । भाग्यवश कुकुर बाँच्यो भने पनि फेरि पुलमा चढ्छ र हाम्फाल्छ ।
स्कटल्यान्डको डम्बार्टननजिक मिल्टन गाउँको ओभरटन पुल सन् १९६० को दशकदेखि मानिसहरूका लागि रहस्य बनेको छ । अहिलेसम्म यहाँ करीब ६ सय कुकुरले आत्महत्या गरिसकेका छन् ।
कुकुरको आत्महत्यामाथि विचार गरेर स्थानीयहरूले चेतावनीयुक्त बोर्ड पनि पुलमा लगाए । अनि अचम्मको कुरा कुकुरहरू पुल एक निश्चित ठाउँबाट नै हाम्फालेर मर्छन् । केही मानिस पुलमा दुरात्माहरूको छायाँ भएको मान्छन् ।
मानिसका अनुसार, एक व्यक्तिले ओभरटन पुलबाट आफ्नो बच्चा तल फ्याँकेको थियो । त्यो बच्चा एन्टीक्राइस्ट भएको अनि बच्चा फ्याँकेको केही महिनापछि उक्त व्यक्तिले पनि आत्महत्या गरेको उनीहरू मान्छन् ।
अर्काथरी चाहिँ यहाँ जिउँदो र मृत मानिसको संसारको मिलन भएको र दुवैतिरका शक्तिहरू क्रस हुने बताउँछन् ।
कुकुरहरूले मानिसले नदेख्ने कुरालाई राम्ररी अनुभव गर्छन् । यी सबै घटनाका कारण पुलमा बोर्ड टाँगेर कुकुरहरूलाई सावधान रहन आग्रह गरिएको छ ।
एजेन्सी
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

