• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

कुशे औशी तथा बाबुको मुख हेर्ने दिनको महत्व

आज भाद्र कृष्ण औंसी , कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन,छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान गरि मनाइदै छ ।

यसैगरी देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रायाउँदै कुशेऔंसी पर्वपनि मनाइँदै छ । हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ ।‘यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमानकहाँ लगिदिने चलन छ,’ कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।’ यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ । धार्मिक र सांस्कृतिकदेखि स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मानिन्छ । तराईदेखि पहाडसम्म पाइने एक किसिमको घाँस कुशको जराबाट विभिन्न आयुर्वेदिक उपचार हुने वनस्पतिविद् बताउँछन् ।

विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ ।पौराणिककालमा कुशको प्रसंग उल्लेख छ । सत्ययुगमा जालन्धरपत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गराएका भगवान् विष्णुलाई श्राप परी ‘घाँस हुनुपरोस्’ भनी कुश हुनुपरेको श्रीषखण्ड पुराणमा उल्लेख छ । यसैगरी, गुरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णुपुराणमा उल्लेख छ । यसैगरी, कालकुट विष निकालेर आएको अमृत कुश भएको ठाउँमा राखिँदा सर्पले अमृत भण्डारमा गएर खान खोज्दा कुशले जिब्रो काटिएकाले त्यतिबेलादेखि सर्पहरूको दुईओटा जिब्रो भएको कथन छ ।

बलिराजा र शुक्राचार्यबीच पनि कुशकै कारण मनमुटाव भएको प्रसंग पुराणमा छ । त्यस्तै, भगवान् बलरामले भूलवश सुतजीलाई मारेकाले त्यही स्मरणमा हरेक धार्मिक तथा पैतृक कर्म गर्दा कुशको ब्राह्मण बनाउने नियम बनेको पण्डित माधवप्रसाद शर्माले बताए । ‘कुशमा ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप हुन्छ,’ उनले भने । बुबाको मुख हेर्ने दिन पितृ तथा गोकर्ण औंशीबाट प्रसिद्ध यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा लिने गरिन्छ ।

छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।

बेथान चोक खबर बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    • ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.