राष्ट्रपति डा रामवरण यादवबाट सरकारको आगामी आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को विशेष बैठकमा प्रस्तुत गरेका छन्। राष्ट्रपतिबाट प्रत्येक आर्थिक वर्षको पूर्वसन्ध्यामा सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्मा प्रस्तुत गरी सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ