भाडादर मा एकरुपता ल्याउन तथा चाड वाड को समयमा अनावास्तक सास्ती सहनु पर्ने तथा अनावस्यक खर्च गर्नु पर्ने बाध्यताको अन्त्य गर्न यातायात ब्यबस्था विभागले १ बर्ष अघाडी मिति २०७५।०६।०७ मा यात्रु तथा यातायात ब्यबसायीको हरुको सहजताको लागि सार्वजनिक भाडाका यात्रुबाहक ,मालवाहक सवारी साधन (ट्रक ) एवम मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको बारे एक सूचना प्रकाशन गरेको छ | कुनै पनि ठाउमा आवत जावत गर्नुपरेमा या समान ढुवानी गर्नुपरेमा सहजता को लागि सो भाडादर यहाँ हामीले प्रस्तुत गरेका छौ |
दशैको समयमा कुनै समस्या परेको खण्ड मा टिकट काउन्टर नजिकै सहायता कक्षमा रहेका शुरक्षा कर्मी तथा नजिकै को प्रहरी कार्यालयमा खवर गरे तुरुन्त सामधान गर्ने व्यवस्था मिलाइएको पनि बताईएको छ |